काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफरलाई पक्राउ गरिएको हो ।
उक्त सुन बरामद गरि प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ ।