काठमाडौँ । ललितपुर नापी कार्यालयबाट अढाई लाख घुससहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनु्सार ललितपुरस्थित नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई अढाई लाख घुससहित पक्राउ गरिएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मंगलबार कार्यालय परिसरबाटै २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको हो। जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा तीनै जनालाई रंगेहात पक्राउ गरिएको जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।