काठमाडौँ, ६ फागुन – सरकारले धेरै पहिलेदेखि प्रयोग भइरहेका खतराजन्य मानिएका पाँच प्रकारका विषादी पञ्जीकरण (रजिस्ट्रेसन) खारेज गर्ने निर्णय गरेको छ। जसमा किट तथा ढुसिजनशक विषादीहरु छन्।
प्लान्ट क्वारेन्टिन एंव विषदी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार लामो समयदेखि प्रयोग भइरहेका खतराजन्य विषादीहरुको दुरुपयोग रोक्न ‘जीवनाशक विषादी व्यवस्थापन समिति’को बैठकले पाँच किसिमका विषादी प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
प्रतिबन्धित गरिएका विषादीमा किटनाशकतर्फ डाइक्लोरोभस, कार्बोफ्युरान, ट्राइजोफस, कार्बारिल छन्। जसमध्ये डाइक्लोरोभसलाई किसानले ‘नुभान’ र यस्तै मिल्दोजुल्दो व्यापारिक नामले चिन्ने गर्दछन्।
यस्तै ढुसीनाशकतर्फ बेनोमिल पनि प्रतिबन्धित विषदीको सुचीमा परेको छ। भारतको कृषि एंव किसान कल्याण मन्त्रालयले समेत कार्बोफ्युरान, कार्बारिल र बेनोमिल विषादीलाई प्रतिबन्ध लगाईसकेको छ। यो समाचार नागरिक दैनिकमा छ।