काठमाडौँ, १ फागुन – उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाली सेनाले सप्तरीको राजविराजमा आयोजना गरेको निशूल्क संयुक्त शल्यचिकित्सा घुम्ती शिविरको उद्घाटन गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा नेपाली सेनाले सञ्चालन गर्ने शिविरमा प्रत्येक दिन १२ सयलाई निशूल्क स्वास्थ्य परीक्षण गर्ने जानकारी दिइएको छ। शिविरमा जटिल समस्याका विरामी ६, मध्यम १५ र सामान्य २० गरी जम्मा ४१ जनाको सर्जरी तथा ईएनटी, अर्थो, गाईनो, साईक्याट्री, सर्जरी र आँखाको उपचार गरिने लक्ष्य छ।
कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, स्वास्थ्य मन्त्रालयका सचिव, सैनिक स्वास्थ्य महानिर्देशक उपरथी शशि राई, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव लगागतको उपस्थिति रहेको थियो।