काठमाडौं– हाम्रो स्वास्थ्यका लागि उभिनु आफैमा एक राम्रो व्यायाम हो। हामी बिहान व्यायाम गर्छौं, योगा गर्छौं, ध्यान गर्छौं, वर्कआउट गर्छौं, शारीरिक काम गर्छौं, तर दिनभर निस्त्रिय बस्छौ, एकै ठाउँमा घण्टौ विताउँछौ।
विभिन्न अध्ययनहरुका अनुसार उभिएमा शरीरको क्यालोरी बर्न हुन्छ।शरीरमा रोग लाग्न पाउँदैन। हामीमा हिँड्नु वा डुल्नुलाई मात्र एक्सरसाइज भन्ने गरिन्छ। दैनिक कम्तीमा पनि आधा घण्टा हिड्नाले मुटु स्वस्थ रहने चिकित्सकहरुको भनाई पनि छ।
विभिन्न अनुसन्धानले भने दिनमा कम्तीमा एक घण्टा उभिएमा मात्र पनि शरीरमा अनगिन्ती फाइदा हुने पुष्टि गर्दै आएको छ।बसिरहँदा शरीरमा बोसो एकत्रित हुन थाल्छ। जबकी उठेर काम गर्दा, शरीरले काम गर्ने तरीकामा पनि फरक पर्ने गर्छ। विभिन्न अध्ययनहरुले जनाए अनुसार उभिदाँ शरीरको फ्याट बर्न हुन्छ भने, बस्दा शरीरमा फ्याट एकत्रित हुनथाल्छ।
यसो गर्नाले रोगबाट बचाउँछः
एक अध्ययन अनुसार उभिनाले कोलेस्ट्रोलको स्तरमा समेत सुधार आउन थाल्छ। मधुमेह तथा कोलेस्ट्रोल नियन्त्रित रहन्छ। दैनिक दुई घण्टा अतिरिक्त उभिदा मधुमेहको स्तर दुई प्रतिशत तथा मोटोपनाको स्तर एघार प्रतिशतसम्म कम भएको थियो।
उभिदा क्यालोरी बर्नः
उभिनाले शरीरको क्यालोरी बर्न हुने गर्छ, विशेषगरी धेरै समय उभिदा खुट्टा, पेट र हिपको मांसपेशीको दरो एक्सरसाइज हुन्छ, जसले गर्दा शरीरको फ्याट बर्न हुन्छ।
उभिनु र हिँड्नुमा कति फरक छः
अध्ययनले जनाए अनुसार एक स्वस्थ व्यक्तिले दिनमा एक घण्टा उभिएमा करिब एक सय ९० क्यालोरी बर्न हुन्छ भने, बसिरहँदा जम्मा एक सय ३० क्यालोरीमात्र बर्न हुने गर्छ। तर त्यति नै समय हिडेमा शरीरमा तीन सय ३० क्यालोरीसम्म बर्न हुने गर्छ र सधैभरी हिडिराख्न सम्भव नहुन सक्छ। तर यसको कमीलाई धेरैभन्दा धेरै समय उभिएर पनि पूर्ति गर्न सकिन्छ।
कति पटक उभिन जरुरी हुन्छः
अफिसमा रहँदा तपाई दिनमा कतिपटक सिटबाट उठ्नु हुन्छ ? एक पटक वा दुई पटक, जबकी एउटा व्यक्तिलाई दिनमा कम्तीमा पनि प्रत्येक आधा घण्टामा करिब दश मिनेटकै लागि भएपनि सिटबाट उठ्नुपर्छ र दिनमा कम्तीमा पनि १६ पटक उठ्न जरुरी हुन्छ। व्यस्त जीवनशैलीका बाबजुद पनि उभिएरै शरीरको क्यालोरी बर्न गर्न सकिन्छ। त्यसका लागि यी उपाय अपनाउनु पर्नेहुन्छः
हिँड्दा कुरा गर्ने, सम्भव भएसम्म मिटिङ्ग पनि हिँडेरै गर्नुपर्छ, अफिसमा उभिएर काम गर्न सक्ने डेस्कको खोजी गर्ने र आठ घण्टाको सिफ्टमा कम्तीमा दुई घण्टा उभिएर काम गर्नुपर्छ, सुन्दा अचम्म लाग्न सक्छ तर उभिएर टिभी हेर्नु पनि शरीरको क्यालोरी बर्न गर्ने राम्रो उपाय हो। दिनमा कति समय उभिने भन्नका लागि घडीमा टाइम सेट गर्ने वा अर्लाम लगाउँदा यसले पनि बेलाबेलामा उभिनु पर्छ भन्ने कुरा याद दिलाउँछ र शरीरको फ्याट बर्न गर्न सहयोग र्पुयाउँछ।