सङ्खुवासभा, २५ माघ – सदरमुकाम खाँदबारीमा रहेको सिर्जनशील सामुदायिक विकास केन्द्रले रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग रकम प्रदान गरेको छ।
एकादशी बजारमा चिया बेचेर सङ्कलन गरेको रु २९ हजार ५८५ जिल्लामा रक्तसञ्चार केन्द्रका लागि सहयोग गरेको हो । रक्तसञ्चार दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा केन्द्रकी अध्यक्ष राधा बस्नेतले उक्त रकम रेडक्रस सभापति सरोज बज्राचार्यलाई हस्तान्तरण गरे।
उनले एकादशी बजारमा जनचेतना जगाउँदै चिया बेचेर रकम सङ्कलन गरिएको बताएका छन्।रेडक्रसले रक्तसञ्चार दिवसका अवसरमा १५० भन्दा बढीको ब्लड ग्रुप्रिङ गरेको थियो।