काठमाडौं– हाम्रो शरीरको हरेक अंगको सफाई गर्न आवश्यक हुन्छ। शरीरको केहि अंगले विषाक्त पदार्थ सोस्ने भएकाले अंगमा विषाक्त तत्व बढी हुन थाल्छ, र शरीरको कतिपय अंगले काम गर्न छाड्छ। स्वास्थ्य जीवनको सबैभन्दा ठूलो राज यो हो, शरीरको विषाक्त तत्व बाहिर हटोस्।
अचानक हामीमा आलस्यको अनुभव हुन्छ, अचानक अनुहारमा दाग, धब्बा देखापर्छ, पाचन तन्त्र गडबडी हुन्छ। यस्तो भएमा हाम्रो शरीरमा विषाक्त तत्व बढेको छ भन्ने बुज्नु पर्छ। कसरी शरीरबाट विषाक्त पदार्थ निकाल्ने, कसरी शरीर शुद्धिकरण गर्ने।
– राती सुत्नुअघि अलैंची, मरिच, जिरा, धनियाको बिज पानीमा डुबाउने। बिहान उठेर यस मिश्रणलाई राम्ररी उमालेर पिउनुपर्छ। बिहान मनतातो पानीमा कागतीको रस हालेर सेवन गरौं। दिनमा दुई वा तीन पटक ग्रीन टि सेवन गरौं। ग्रीन टिमा एन्टिअक्सिडेन्ट हुन्छ, जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ।
– थोरै पानीमा दालचीनीलाई भिजाएर रातभर राख्ने। यसलाई विहान उठेपछि थोरै अदुवा मिश्रण गरेर पिउनुपर्छ। यसले शरीरमा मेटाबोलिज्म वृद्धि हुन्छ र शरीरको मोटोपन कम हुन्छ। लसुनमा प्राकृतिक एन्टिबायोटिक गुण हुन्छ।
यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ। मौसमी फलफूल स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। फलमा भिटामिन, फाइबर र आवश्यक पोषक तत्व हुन्छ, जो हामीलाई तन्दुरुस्त बनाउँछ।