काठमाडौं – आजभोली प्रायः मानिसहरुको अनुहारमा निस्कने चायाले धेरै लाई सताएको छ। पुरुषभन्दा पनि महिलाहरू यस्तो समस्याबाट बढी ग्रसित छन्। यसको सही उपचार गर्नका लागि धेरै खर्चसमेत गरिरहेका हुन्छन्। चाया मात्र नभएर अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर र्पुया्ई रहेको हुन्छ। त्यसैले आज हामी यहाँ केही टिप्स्हरु बताउछौंः
तिलकोठीको लागि फेसप्याक
कागतीको रसमा हरियो धनियाँको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ। बेसार र दही मिसाई अनुहारमा लगाएको २० मिनेटपछि सफा पानीले धोएमा अनुहार सफा हुन्छ।
चायाको लागि फेसप्याक
एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, आधा चम्चा गोलभेँडाको रस र त्यसमा पाउरोटीको सेतो भाग मिसाएर प्याक बनाई अनुहारमा लगाएर २० मिनेटपछि धोएमा राम्रो हुन्छ। मुगीको दाल एक चम्चा, दही चिया चम्चाको एक चम्चा, अन्डाको सेतो भाग र पहेँलो भाग दुई चम्चा, आधा भाग कागतीको रस, आधा चम्चा मह, एक चिम्टी बेसार मिसाई प्याक बनाएर अनुहारमा लगाएर २० मिनेटपछि सफा पानीले धोएमा फेसलाई राम्रो गर्दछ।