काठमाडौं– प्रायः मानिसहरु मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा प्रोटिन सप्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन्। सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ। तर एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ।
गर्भवती महिला
सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ। त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन।
मुटु रोग
यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस्। अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन। यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ।
मृगौलाको समस्या हुँदा
मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ। यस्तोमा जुन व्यत्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ।
थाइराइडका बिरामीले
सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ। सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ। यसले थाइराइडलाई बढाउने गर्दछ। त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ।