काठमाडौं – लौका विश्वका प्राय सबै ठाउँमा हुने तरकारी हो। लौका तरकारी बनाउने सब्जीको प्रकार जो लहरामा फल्छ। लौका धेरै थरीका हुन्छन्। लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो। लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ। लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ।
तपाईलाई लौकाको तरकारी खान कत्तिको मन पर्छ ? कति मानिस तरकारीमा लौका खान मन पराउँदैनन्। यो खानुपर्ने बाध्यताबाट बचेर नै रहने गर्दछन् । तर के तपाईलाई थाहा छ लौकाले तपाइको आलश्यपन हटाउने देखि लिएर शरीरको तौल पनि कम गर्दछ। लौका खाएमा शरीरमा भएको हानीकारक कोलेस्टोल विस्तारै कम हुदैजान्छ। जसले मुटु सम्बन्धि वा कोलेस्टोलले हुने अन्य समस्या हुदैन। यसका लागि लौकाको जुस आर्दस पेय पदार्थ मानिन्छ।
लौका खानुको फाईदाहरू
लौका खानाले पेटको भारीपन हटाएर प्रतिदिन फ्रेस महसुस गराउछ। यसलाई मसला वा नुन मिसाएर लौकाको जुस बनाएर पिउन सकिन्छ। लौकाले शरीरको तौललाई छिटो कम गर्नमा सहयोग गर्दछ। यसलाई जुस बनाएर वा नुनका साथमा खान सकिन्छ।
लौकाले पाचन सम्बन्धी समस्याको पनि उत्तम समाधान गर्छ। साथै यो एसिडिटीमा पनि लाभदायी छ। लौकाको नियमित सेवनले छालामा प्राकृतिक चमक आउछ। जसले गर्दा शरीर आकर्षक देखिन्छ। गर्भाशय सम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ।
पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ। लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ। शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ।