एजेन्सी– विश्वमा मौसम अनुकुल धेरै थरिका तरकारीहरु फल्ने गर्दछन्। पोषक तत्वले भरिएको गुणकारी तरकारीको मुल्य अहिले आकासिएको छ। तर विश्वमा एउटा यस्तो तरकारी पनि छ जसको भाउ सुन्दा नै रिंगटा लाग्छ। जसलाई किनेर खाने हिम्मत नै हुँदैन।
‘होप सूट्स’ नामको एउटा तरकारी पा्ईन्छ, जसको मुल्य विश्वमा नै सवाधिक महंगो छ। यसको मुल्य १ हजार युरो अर्थात झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ। बिकसित देशहरुमा भने यसको माग दिनानु दिन बढ्दो छ। यसलाई अचार बनाएर पनि खान सकिन्छ भने, यसको फूल निकै स्वादिलो हुने गर्छ। यसको माग सबैभन्दा बढी बेलायतमा हुन्छ।
ब्रिटेन, जर्मन समेत धेरै युरोपियन देशहरुमा यसको खेती गरिन्छ। यो तरकारी बसन्त ऋितुको समयमा जंगलमा लगाइन्छ। एकदमै चाडो बढ्ने यो तरकारीको रंग बैजनी हुन्छ। बढ्दै गएपछि हरियो रंगको हुन्छ। तव यो तरकारी खानको लागि योग्य हुन्छ। यो तरकारी यति छिटो छिटो बढ्छ की यसलाई समयमा नै काटिएन भने लहरा बन्छ जो खानको लागि उपयुक्त हुँदैन।