काठमाडौं– सुन्दर देखिने चाहाना सबैकाे हुन्छ। थाेरै मान्छेलाई मात्र सुन्दर कसरी देखिने भन्नेबारे थाहा हुन्छ। मानिसकाे सुदन्दरतामा दिनहुँ प्रगाेय गर्ने भिटामिनजन्य खानेकुराले पनि महत्वपुर्ण भूमिका खेलेकाे हुन्छ। सुन्दर देखिनुमा कुन भिटामिनको कस्तो भूमिका हुन्छ, यहाँ चर्चा गर्याैं।
भिटामिन ए
छालालाई सुन्दर बनाउन भिटामिन ए को भूमिका हुन्छ। भिटामिन ए प्राप्त गर्नको लागि खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ।
भिटामिन बी
भिटामिन बीमा नायसिनआइड नामक तत्व पाइन्छ जुन मानिसका लागि अति नै गुणकारी हुन्छ। भिटामिन बीयुक्त क्रिम तथा लोसनले अनुहारमा देखापर्ने रातोपन वा खराबी निर्मूल पार्छ। भिटामिन बी कुखुराको मासु, टुना, सलगम, बदाम, ब्राउन राइस, हरियो केराउ, जौ, च्याउ, खरबुजा एवं सनफ्लावरको दाना आदिबाट प्राप्त गर्न सकिन्छ।
भिटामिन ई
भिटामिन ई ले छालालाई हानिकारक कीटाणुहरूबाट जोगाउँछ। छालालाई हरेक कुराबाट सुरक्षा प्रदान गर्न भिटामिन ई को ठूलो भूमिका हुन्छ। भिटामिन ई ले क्लोजन उत्पादन गर्छ र बूढो हुँदै गएको छालालाई ताजा राख्छ। भिटामिन ई प्राप्त गर्न बदाम, अण्डा, काँचो मेवा, हरियो साग, अनाज आदि खानेकुरा खानुपर्छ।
भिटामिन सी
भिटामिन सीमा छालामा चमक पैदा गर्ने तत्व हुन्छ। यसले दाग–धब्बालाई पूर्णरूपमा हटाउँछ। यो भिटामिनले क्लोजनको निर्माण गर्छ। एभोकाडो, ब्रोकाउली, टमाटर, काँक्रा, कागती, स्ट्रबेरी आदिबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ।