काठमाडौं– कुनै पनि रसायन हाम्रो शरिरमा निश्चित मात्रामा नियमितरुपमा भइरहदा प्रतिक्रिया पनि फरक फरक हुन्छ। जस्तैः कागती पानीले शरिरमा पार्ने प्रभाव। हामीले गर्मीमा शरिर शितल गराउँन कागती पानी पिउँने गर्छौँ तर कमै मात्र मानिसले खाली पेटमा कागती पानी पिउँछन्। तर कागती पानी हरेक बिहान पिउँदा हुने फाइदा भने धेरै छन्।
यस्ता छन्, कागतीपानी पिउनुका फाइदाहरुः
भिटामिन सी– शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो। यसले रोगहरूसँग लड्न मद्दत गर्छ। बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ। रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन।
तौल कम गर्न– मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ। यसले मेटाबोलिजम पनि बढाउँछ।
जोर्नीको पीडाबाट राहत–जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस्।
मुखको दुर्गन्ध हट्छ– कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ। शरीरलाई विष रहित बनाउन यसले मद्दत गर्छ।
पाचन क्रिया राम्रो– बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ। यसले भाेक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ।
छालामा निखार– कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ। छालाका दागधब्बा सफा हुन्छन्। त्यसैले कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ।
कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ। रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ। मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ।