काठमाडौं– गाउँघरमा प्रायः दैनिक खाजाका रुपमा प्रयोग गरिने भुटेको मकै शहर बजारमा भने खासै खाने गरिदैन्। तर नियमित भुटेको मकै खाँदा पुग्ने फाइदा अनेक छन्। फाइबरको मात्रा अधिक हुने आइरन, कपर, र फस्फोरसको मात्रा धेरै हुने भएकाले यसले पाचनका साथै हड्डीलाई पनि राम्रो गर्छ।
यसका फाइदाहरूः
– भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ। यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्, भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ। मकै खादा दात सफा गर्ने र बलियो बनाउछ।
– भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरीरमा हड्डीलाई मजबुत बनाउँछ, यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ। यसले शरीरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ।
– भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ, यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ। मुटु रोगको खतराबाट बचाउँछ। मकै आडिलो हुने भएकाले ग्यास्ट्रिकको समस्या हुनेका लागि पनि अचुक औषधी नै हो, भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ।
मकैका अभुतपूर्व फाइदाः
मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो। मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि निकै फाइदा हुन्छ। यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ। यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ।
हड्डीलाई बलियो बनाउछः
हड्डीलाई बलियो बनाउनका लागि तपाईं दुध र भिटामिन डी को सेवन गर्नुहुन्छ। तर तपाईंलाई थाहा नहोला, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ। यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ।
छालालाई चम्किलो बनाउँछः
छालालाई चम्किलो बनाउनका लागि तपाईं के मात्र गर्नुहुन्न तर मकैको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ। वास्तवमा मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ। यसका साथै एन्टी–अक्सिडेन्ट फ्री र्डिकलबाट बचाएर अनुहारमा चाउरी पनए दिँदैन।
आँखाको लागि फाइदाजनकः
मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ। यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ। यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ।