काठमाडौं– जो कोहीले पनि छिट्टो–छिट्टो खाना खानुहुन्छ भने सावधान हुनुहोस्। हतारमा खाना खानाले वजन तीब्र गतिमा बढ्ने मात्र होइन मधुमेह र पाचन सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ।
भर्खर मात्र भएको एक अध्यनअनुसार राम्रोसँग नचपाई छिट्टो–छिट्टो खाना खानाले मुटु र पाचन सम्बन्धी समस्याले स्वास्थलाई नोक्सान र्पुयाउँछ। मुटु सम्बन्धी रोग, मधुमेह र मस्तिस्कघात वा हृदयघातको खतरा बढ्छ। ती जोखिमहरुमा उच्च रक्तचाप, रगतमा बोसो समावेश हुनु, रगतमा चिनीको मात्रा उच्च हुने गर्दछ।
विशेषज्ञहरुका अनुसार खाना खानका लागि २० मिनेटको समय छुट्याउनुपर्छ। जसले तपाईंं आफ्नो खाना राम्रोसँग चपाएर खान सक्नुहुन्छ। खाना खानालाई धेरै समयसम्म चपाउनाले तपाईंं कम खाना खानुको साथै २ घण्टापछि केही हल्का खाने बानी पनि नियन्त्रण हुन्छ।
वजन तीब्र गतिमा बढ्नेः
हतारमा खादा राम्रोसँग नचपाई खाईन्छ। यस्तो बानीले वजन तीब्र गतिमा बढाउन सहयोग र्पुयाउँछ। तर, बिस्तारै खाना खाँदा सही मात्रामा आवश्यकता अनुसार खान सकिन्छ। साथै शरीरको हार्मोन्सले दिमागमा पेट भरिएको संकेत गर्छ।
शोधकर्ताका अनुसार छिट्टो खाना खानाले दिमागलाई आवश्यक सन्देश प्राप्त हुँदैन। त्यसकारण आवश्यक हार्मोन्स निस्कन पाउँदैन। त्यसले गर्दा मानिसको इन्सुलिन पनि प्रभावित हुन्छ र इन्सुलिन प्रभावित भएका कारणले मधुमेह हुने खतरा बढ्छ।