काठमाडौं– प्रायः पुरुष तथा महिलाहरु यौन सम्बन्धलाई सामान्य रुपमा लिइने गर्दछन्। यौन सम्पर्क र त्यसबाट हुनसक्ने रोगको जोखिमबारे जानकार रहेको भन्दै उनीहरु यौन सम्बन्धको विषयमा धेरै कुरा सोच्दैनन्।
एकअर्काप्रतिको आकर्षण र विश्वासलाई मात्र आधार बनाएर युवायुवतीहरु यौन सम्बन्ध राख्ने गर्दछन्। फलस्वरुप उनीहरु यौनजन्य रोगको सिकार बन्न पुग्छन्। यौन रोगबारे विस्वास नै गर्न नसकीने तर सत्य कुरा भने, हामी यहाँ जानकारी गराउँदै छौं।
– कसैको अनुहार हेरेर यौन रोग रहे नरहेको अनुमान गर्न सकिदैन, पहिलो यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ, आफ्नैले चिनीरहेको साथीसँगको यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ, एकै व्यक्तिलाई धेरै पटक यौन रोग लाग्न सक्छ।
–एकजना व्यक्तिलाई एक पटकको यौन सम्पर्कमा पनि धेरै किसिमको यौन रोग लाग्ने सम्भावना रहन्छ, यौनाङ्ग र मुखको सम्पर्क भएमा यौन रोगको जोखिम उच्च हुन्छ। यौन सम्पर्कको माध्यमबाट एकअर्कामा यौनरोगहरु सर्न सक्ने भएकाले युवा युवातीहरुले यौन सम्बन्ध राख्नु अघि यी विषयमा सचेत हुनुपर्छ।
आफुमा वा आफ्नो पार्टनरमा यौन रोग छ वा छैन भनेर चिकित्सकको सल्लाहर परामर्श लिएर परीक्षण गर्दा यौन रोगको उपचार हुन्छ। यसैले एकआर्कामा यौन रोग सर्ने जोखिम पनि हुदैन।