काठमाडौं– मौसम परिर्वन सँगै हाम्रो छालामा पनि केही न केही भईरहन्छ। प्रायः मानिसमा मौसम परिर्वत भएसँगै छालामा पनि परिर्वन आउने गर्दछ। धेरै जसो मानिसहरु चिसो मौसममा तातो पानीले नुहाउने गर्दछन्। फलस्वरुप छाला फुस्रो हुने गर्दछ। त्यसकारण आज हामी तपाईलाई यहाँ केही उपाय बताउनेछौंः
तातो पानीको प्रयोग गर्नुहुदैनः
तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ। चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ।
पानीमा हल्का तेलको मिश्रणः
नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ। यसले छाला नरम बनाउछ।
बास्नादार साबुनको प्रयोगः
साबुन जति बास्नादार हुन्छ, उति नै बढी केमिकल मिसाइएको हुन्छ। केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ। साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको साबुन प्रयोग गर्नुहोस्।
हनी प्याकको प्रयोगः
मह छालाका लागि निकै नै उपयोगी चिज हो। मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन। तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ।
मस्चराइजर लगाउने गर्नुहोस्ः
छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी हुन्छ। नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ। पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक पनि मस्चराइजर लगाउनुपर्छ।