काठमाडौं– छोकडा ड्राइफुडको एउटा किसिम हो। यसलाई खजुर पनि भनिन्छ। चाहे छोकडा भन्नुस् या खजुर, यो फल मानव स्वास्थ्यको लागि अत्यन्तै लाभकारी छ। कतिसम्म भने, तपाईंले दिनको ३ वटा छोकडा एक हप्तासम्म लगातार खाएमा त्यसले नपत्याउँदो फाइदा दिइन्छ। यो नरम, गिलोगिलो, गुलियो र स्वादिलो हुन्छ।
छोकडाको नियमित सेवनले हुने फाइदाहरुः
पाचन प्रणाली राम्रो हुन्छः
छोकडामा पर्याप्त मात्रामा प्राकृतिक फाइबरहरु पाइन्छ। एक कप छोडडामा १२ ग्राम जति फाइबर हुन्छ। त्यो भनेको दैनिक रुपमा मानिसलाई चाहिने फाइबरको मात्राको ४८ प्रतिशत हो। उचित मात्रामा खाइने फाइबरले हाम्रो शरीरको पाचन प्रणालीलाई स्वस्थ राख्न र राम्ररी काम गर्न मद्दत गर्छ, त्यसले कब्जियत पनि हुन दिँदैन। व्रिटिश जर्नल अफ न्यूट्रिसनमाप्रकाशित एक अध्ययन रिपोर्टअनुसार प्रतिदिन सात वटाको दरले २१ दिनसम्म छोकडा खाने मानिसमा उनीहरुले छोकडा नखाएको अवस्थामा भन्दा बढी राम्ररी पाचनप्रणालीले काम गरेको देखिएको थियो।
आन्द्राको क्यान्सरको जोखिम कम गर्छः
छोकडाको सेवन गर्दा हाम्रो आन्द्रामा फाइदाकारी व्याक्टेरियाहरुको बृद्धि हुन्छ। यसको अर्थ के हो भने हाम्रो पाचन प्रणालीले राम्रो काम गर्न सक्छ। जब पाचनप्रणालीले राम्रो काम गर्छ, त्यसको अर्थ त्यहाँ हानिकारक किटाणुहरु पैदा भइरहेका छैनन्, खानेकुरा राम्रो पचिरहेको छ। पाचनप्रणालीले राम्रो काम गर्नु भनेकै आन्द्राको क्यान्सर हुने जोखिम कम हुनु पनि हो। यस अर्थमा छोकडाको नियमित सेवनले आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ।
मस्तिष्कको कार्यक्षमता बढाउँछः
खजुरमा भिटामीन बी६ पाइन्छ। यो भिटामीनले मस्तिष्कमा सेरोटोनिन र नोरेपिनेफ्रिनको उत्पादनमा मद्दत गरेर मस्तिष्कको क्षमता अभिबृद्धिमा मद्दत गर्छ। सेरोटिनले हाम्रो मुडलाई ठीक राख्ने काम गर्छ भने नोरेपिनेफ्रिनले चाहिँ हाम्रो शरीरलाई तनावहरुसँग जुध्ने क्षमता प्रदान गर्छ। एक अध्ययनलेडिप्रेसन भएका मानिसहरुमा भिटामीन बी६ को कमी भएको देखाएको छ।जब मस्तिष्क तनावबाट मुक्त हुन्छ, राम्रो मुडमा हुन्छ, त्यो अवस्थामा उसले राम्ररी लेखपढ गर्न र सूचनाहरुलाई ग्रहण गर्न सक्छ।
शरीरमा शक्ति र स्फूर्ति बढ्छः
छोकडामा प्राकृतिक रुपमा नै चिनी, ग्लुकोज, फ्रुक्टोज र सुक्रोजहरु पाइन्छन्। यी सबै तत्वहरुले हामीलाई तत्कालै र तुरुन्तै शक्ति दिने गर्छ। अरु कृत्रिम शक्तिवद्र्धक पेयहरुपमा पाइँदै नपाइने फाइबर, पोटासियम, म्याग्नेसिम, भिटामिनहरु, एन्टिअक्सिडेन्ट जजस्ता तत्वहरु छोकडामा पर्याप्त मात्रामा पाइन्छ, जसले तपाईंलाई शक्ति दिने मात्रै हैन, चाँडै थाक्न पनि दिँदैन।
मुटको लागि पनि फाइदाजनकः
मुटुको लागि सबैभन्दा राम्रो खानेकुराहरुमा पोटासियम भएका खानेकुराहरु मानिन्छ। रमाइलो कुरा के छ भने छोकडामा पोटासियम पनि पाइन्छ। छोकडामा पाइने पोटासियमले खराब कोलेस्ट्रोललाई घटाएर हाम्रो रक्तधमनीहरुमा अवरोध पुग्न दिँदैन।