काठमाडौं– नङ मानिसको महत्त्वपूर्ण अङ्ग हो। नङको काम हातखुट्टाका औँलाको सौन्दर्य बढाउनेमात्र नभई यसले शरीरभित्र लुकेर रहेका विभिन्न रोगबारे सङ्केत पनि दिने गर्छ।
नङमा हुने रङ परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे पनि जानकारी दिन्छ। यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिए त्यो कुनै गम्भीर रोगको सङ्केत पनि हुनसक्छ। लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्यासम्बन्धी समस्याको सङ्केत नङले पनि दिने गर्छ।
त्यसैले बिरामी जाँचको क्रममा उसको हात, खुट्टाका औँलाका नङको परीक्षण गरिन्छ। होमियोप्याथिक चिकित्सा पद्धतिमा बिरामीको नङको रङ परिवर्तन हुनुलाई विशेष महत्त्व दिइन्छ।