काठमाडौं– रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ। विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्छ।
यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ। यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ। कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्छ। शोधकर्ताहरुका अनुसार रातमा बत्ती बालेर सुत्नाले सरीरमा क्यान्सर कोशिकाहरु सक्रिय बन्दछन्।
अध्यारोमा सुत्ने महिलामा भन्दा रातमा बत्ती बालेर सुत्ने महिलामा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरुको निष्कर्ष छ। बिभिन्न कारण रातको समयमा प्राकृतिक रुपमा अँध्यारो नै होस् भन्ने सरीरले चाहन्छ।
यदि रातको समयमा रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै सरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन्। यसअघिका विभिन्न अध्ययनले रातको सिफ्टमा काम गर्ने मानिसहरुमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने देखाएको छ।