काठमाडौं– बिशेष गरी दाँत सफा गर्न प्रयोग गरिने टुथपेष्टले दाँतलाई चमकदार, सेतो र सफा गराउँछ। यति मात्र नभई टुथपेष्टले अन्य बिभिन्न कार्यहरुमा पनि फाइदाजनक हुने पाइएको छ।
टुथपेस्टका फाईदाहरुः
– टुथपेष्टलाई रातभरी त्वचामा लगाएर राख्नाले त्वचालाई चकमदार बनाउँछ, छालाको कुनै भाग पोलेमा यसलाई तुरुन्त लगाउने भने पोलेको भाग निको हुँदै जान्छ, कपडामा भएका दागहरु मेटाउनु छ भने यसलाई दाग भएको ठाउँमा लगाएर धुने गर्नाले कपडा सफा हुनुका साथै दागहरु मेटिन्छ।
– तपाइँको घरमा सिसाको टेबल छ भने त्यसमा चिया तथा कफिका दागहरु टाँसिएर रहेको छ भने त्यसलाई टुथपेष्टले सफा गर्नाले टेबल सफा र चमक देखिन्छ, यसको प्रयोगले मुहारको सुन्दरता बढाउनमा पनि मद्दत गर्छ। टुथपेष्टलाई कागतिको रसमा मिलाएर पेष्ट बनाएर लगाउनाले त्वचामा चमक आउनुका साथै डार्क स्र्कल्स मेटाउनमा मद्दत गर्छ।
– गरगहना सफा गर्नमा पनि यसलाई उत्तिकै प्रयोग सकिन्छ। टुथपेष्टले फोहर तथा मैला भएका गरगहना धुने गर्नाले सफा हुन्छ, बच्चका दुध राख्ने बोतल होस् या पानीका बोतल, यसलाई पनि टुथपेष्ट र पानी राखेर सफा गर्नाले बोतलहरु सफा हुन्छ। र बोतलमा भएका दुर्गन्ध हटाउन मद्दत गर्छ।
– हात तथा खुट्टाका नङ चम्काउन तथा सफा गर्न मद्दत गर्छ, बाथरुममा भएको ऐना तथा सिसा सफा गर्न पनि सकिन्छ। यसले सिसामा लागेका पानीका तथा साबुन, स्याम्पुका दागहरु हटाउन मद्दत गर्छ र सिसालाई चम्किलो बनाउँछ।