काठमाडौं– बन्दागोभी हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी तरकारी हो। यसले शरीरलाई स्वस्थ राख्नुका साथै बिभिन्न रोग लाग्नबाट बचाउँछ। त्यसैले बन्दागोभीको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
बन्दागोभीको नियमित सेवन गर्नाले स्तन क्यान्सर, पोस्टेट क्यान्सर देखि लिएर पेटमा अल्सर तथा क्यान्सर हुनबाट बचाउँनका साथै बिभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ। यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ।
बन्दागोभीका फाइदाहरुः
रक्तचाप नियन्त्रणमा राख्न– बन्दागोभीमा पोटासियम प्रचुर मात्रामा पाइने भएकाले यसले रक्तवाहिनी नलीहरूलाई सुचारु राखी रगतको बहावलाई नियमित गरिदिन्छ, जसले गर्दा रक्तचाप थपघट हुने जोखिम घट्छ।
क्यान्सरको जोखिम घटाउन– बन्दागोभीमा पाइने लुपिओल, सिनिग्रिन र सल्फोराफेन जस्ता तत्वले शरीरभित्र क्यान्सरको ट्युमर बढ्ने जोखिम कम गर्छ। बन्दागोभी खाइरहने महिलामा स्तन क्यान्सर देखापर्ने जोखिम कम रहेको अध्ययनबाट पुष्टि भइसकेको छ।
शरीरका विकार फाल्न– बन्दागोभीमा भिटामिन–सी र सल्फर प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा जम्मा भएका विकारलाई शरीरबाट निकास गरिदिन्छ। बाथ रोग, युरिक एसिड र छालासम्बन्धी रोग लाग्ने जोखिमलाई पनि यसले कम गरिदिन्छ।
दिमाग तेजिलो बनाउन– बन्दागोभीमा भिटामिन–के र एन्थोक्यानिन्स जस्ता तत्व प्रचुर मात्रामा पाइन्छ, जसले दिमागलाई स्वस्थ र तेजिलो बनाउन मद्दत गर्छ। यस्ता तत्वले स्नायुलाई खराब हुनबाट जोगाउने र अल्जाइमर जस्ता बिर्सिने रोगसँग लड्ने क्षमतासमेत बढाउने गर्छ।
वजन घटाउन– बन्दागोभीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउने खोज्नेहरूका लागि यो लाभदायक हुन्छ।
सुन्दर बन्न– चिल्लो छाला हुने र डन्डीफोर आइरहने समस्या छ भने बन्दागोभीको तरकारी, सलाद खादि खाइरहने गर्नुपर्छ। यसमा पाइने सल्फरले छालासँगै कपाल र नङलाई पनि सुन्दर बनाउँछ।