काठमाडौं– प्रायः नेपालीहरुको भान्सामा अन्डा लगभग दैनिक पाक्ने गरेको छ। ब्रेकफास्टमा त अन्डा नछुटाउने धेरै भइसकेका छन्। तर, अन्डा खाने तरिका भने फरकफरक छन्। कतिले अन्डालाई फ्राइ गरेर अम्लेट बनाएर खान्छन् त कतिले उसिनेको अन्डा प्रिफर गर्छन्। तर, एक अनुसन्धानले फ्राइ गरेर भन्दा अन्डा उसिनेर खानु स्वास्थ्यकर हुने पत्ता लगाएका छन्।
दैनिक दुई वटा अन्डा उसिनेर खाँदा हुने फाइदाबारे विभिन्न अनुसन्धानले पत्ता लगाएका छन्। उसिनेको अन्डामा भिटामिन बी–१२ तथा कोलिन हुन्छ। यी दुवैले स्मरण शक्ति बढाउन ठूलो सहयोग पुर्याउँछ। त्यसैले दैनिक अन्डा खाने मान्छेको स्मरण शक्ति बलियो हुने अनुसन्धानमा पत्ता लागेको छ।
कपाल झरेर हैरान भएकालाई पनि उसिनेको अन्डाले धेरै फाइदा पुर्याउँछ। उसिनेको अन्डामा ल्युटिनको मात्रा अधिक हुने भएकाले कपाल झर्ने समस्या छ भने अण्डाको सेवन गर्नु राम्रो हुने अनुसन्धानकर्ताले जनाएको छ। सुख्खा छाला भएकालाई पनि उसिनेको अन्डा फाइदाजनक हुन्छ।
उसिनेको अन्डामा बायोटिन हुने भएकाले यसले छालालाई नरम र चम्किलो बनाउँछ। एनिमियाबाट कसैलाई समस्या भएको छ भने पनि उसिनेको अन्डा सेवन गर्दा धेरै फाइदा पुग्छ। उसिनेको अन्डामा पर्याप्त मात्रामा आइरन पाइने भएकाले रक्तअल्पताको समस्या भएकालाई उसिनेको अन्डा खाने सल्लाह चिकित्सक दिन्छन्। हाडजोर्नीमा समस्या भएकालाई पनि उसिनेको अन्डा फाइदाजनक हुन्छ।
भिटामिन डिको मात्रा पर्याप्त हुने भएकाले उसिनेको अन्डाले जोर्नीको दुखाइलाई घटाउँछ।अन्डामा फोस्फोरसको मात्रा पनि अधिक हुन्छ। यसले दाँत र हड्डीलाई बलियो बनाउन सहयोग गर्छ। अन्डामा भिटामिन ए पनि पाइन्छ। भिटामिन ए पर्याप्तमात्रामा भएकाले उसिनेको अन्डा सेवन गर्नाले आँखाको समस्या भएकालाई पनि धेरै फाइदा पुग्छ। यसले आँखालाई तेजिलो पनि बनाउँछ।