काठमाडौं– हरियो सागपात र फलपफूलले आँखाको शक्ती बढाउने काम गर्दछ। तर आँखा कमजोर हुँदै गएको छ भने खाना संगै आँखाको अभ्यास पनि गर्नुपर्छ। आँखाको शक्ति बढाउनको लागि मैनबत्ती सबैभन्दा उपयुक्त मानिन्छ।
आँखा शक्तिको लागि मैनबत्ति बालेर त्यसलाई एक ठाउँमा राख्नुपर्छ। त्यसपछि आफू डेढ देखि दुई फिटको दुरीमा बस्नुपर्छ। मैनबत्तिलाई आफ्ना सिधा आँखाले मैनबत्तिकै आगोमा केन्द्रित भएर आँखा नझिम्काई हेर्नुहोस् यसरि हेर्दा आँखाबाट आँशु नझरुञ्जेल एकटकले हेर्नुहोस्, यो अभ्यास हरेक दिन दुई देखि तीन पटक सम्म गर्नाले आँखाको शक्ती बढाउछ।
आँखाको लागि अर्को राम्रो अभ्यास भनेको पेन्सिल अभ्यास पनि हो। पेन्सिल आफ्नो हातमा लिनुहोस् र आँखा देखि केहि पर राख्नुहोस्। त्यसको टुप्पोमा एकटकले हेर्नुहोस्। त्यसपछि पेन्सिललाई आँखाको नजिक नजिक ल्याउँदै जानुहोस् र धमिलो देखुन्जेल सम्म नजिक ल्याउनुहोस्। यो अभ्यासले तपाईंको आँखालाई तेज बनाउनुका साथै दिमागको एकाग्रता शक्तिलाई पनि बढाउने काम गर्दछ।
परको वस्तु हेर्ने शक्तिको लागि आफ्नो औंला प्रयोग गरेर अभ्यास गर्न सक्नुहुन्छ। यसको लागि आफ्नो हातको एउटा औंला आँखा देखि सिधा, राख्नुहोस्। अब केही परको कुनै वस्तु हेर्नुहोस्। त्यसपछि फेरी आफ्नो औंला हेर्नुहोस्। छिटो–छिटो आफ्नो हातको औंला र परको वस्तु हेर्ने अभ्यास गरिराख्नुहोस्। यसले टाढाको वस्तु हेर्नेलाई आँखाको शक्ति बढ्छ भने दिमाग पनि तीक्ष्ण बन्छ।