काठमाडौं– भान्सामा खुर्सानी नभई प्रायः मानिसलाई खाना नै रुच्दैन। त्यसैले खुर्सानी किन्न बजार जाने गर्दछन्। तपाईपनि खुर्सानी किन्न जानुहुन्छ भने याद राख्नुहोस् तपाईले छनोट गर्ने कुनै खुर्सानी अमृत हो भने कुनै विष हो। खुर्सानी खानू स्वास्थ्यका कारण राम्रो मानिन्न्।
चिकित्सकले चिल्लो पिरो कम गर्नुहोला भन्ने गर्छन्। तर तपाई हामीलाई यो जानकारी हुन जरुरी छ की चिकित्सकको रोजाई र स्वास्थ्य क्षेत्रले नै प्रमाणित गरेको कुरा यो छ, अकबरे खुर्सानी भने मानिसका लागि अति नै उपयोगी हो। जुन तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ।
डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ। डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ। यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ। त्यसबाहेक अकबरे खुर्सानीको अन्य फाइदाहरू पनि छन्।
मोटोपन घटाउछः
रगतमा चिनीको मात्रा घटाउछ। पिसावको बिरामीलाई लाभदायक हुन्छ। हाडजोर्नी लगायतका दुखाइ घटाउछ। विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ र थकाइ पनि मेटाउन मद्दत गर्दछ।