काठमाडौं– हुम्लामा फैलिएको रुघाखोकीले ३ दिनयता चार जानको मृत्यु भएको छ भने सयौं बिरामी परेका छन्। गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ।
सुरुमा ज्वरो आउने, टाउको दुख्ने खोकी लागेपछि विस्तारै घाँटी दुख्ने पखालासमेत चल्ने गरेपछि बिरामीलाई थप समस्या पारेको धन्जे परियारले बताएका छन्।
सिमकोट गाउँपालिका–२ गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ। स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको नर भण्डारीले जानकारी दिए। रुघाखोकी सरुवा रोग हो, घरहरू एकापसमा जोडिएर बनेकाले एकजनालाई लागेको रोग गाउँमै फैलिएका छन्।
यस्तै जिल्ला अस्पातल हुम्लामा बिरामीको चाप बढ्दै गएको छ।बिरामीले अस्पतालका भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिएका छन्।