काठमाडौं – स्वस्थ भएर बाँच्न पाउनु हरेक मानवको जन्मसिद्ध अधिकार हो। प्रकृतिले स्वस्थ भएर बाँच्न सबै व्यवस्था मिलाएको छ। हाम्रै अज्ञानताले गर्दा हामी रोगको शिकार भइरहेका छौ।
काठमाडौंको मौसम १ डिग्री सेल्सियसमा झर्दा मनाङमा तापक्रम माइनसमा पुगेको छ जाडोमा स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपायहरू अपनाउनुहोस्।
१. पानी पिउनु
पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ।जडो मौसममा शरीर भित्रको वायु श्वासनलीसम्म पुग्दा तातो नै रहने गर्छ । दिनको ३–४ लिटर पानी पिउनु पर्छ। नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्दछ।
२. तातो पेय पदार्थ
जाडोमा तातो पेय पदार्थ अथवा अल्कोहल लिएपछि बाहिर जानुहुँदैन। हाम्रो रक्त बाहिनीहरुलाई शिथिल बनाइदिन्छ। जसका कारण छालाबाट तातो वाफ निस्कन थाल्छ।
३. शरीरलाई आराम
सामान्य स्थितिमाभन्दा व्यायाम गरेपछि शरीरबाट दश गुणा बढी तातो वाफ निस्कन्छ। मेहनत गर्दा वातावरणमा तातोपना फैलिन्छ।
४. चिसो पानीबाट बच्नुपर्छ
यदि तपाईं तीब्र गतिको हावामा टहलिरहनु भएको छ भने बिस्तारै हिँड्नुपर्छ, बिस्तारै हिँड्दा पनि तपाईंको शरीरले त्यत्ति नै फाइदा पाउँछ।
५. चिसो हावाबाट बचाैं
मौसम परिवर्तन संगै मानिसहरुमा विभिन्न संक्रमण हुने गर्दछन। तपाईं तीब्र गतिको हावामा टहलिरहनु भएको छ भने बिस्तारै हिँड्नुपर्छ, बिस्तारै हिँड्दा तपाईंको शरीरले त्यत्ति नै फाइदा पाउँछ।
जाडो मौसममा व्यायामका लागि जानुभन्दा अघि एक कप तातो चिया अथवा दुध पिउनुपर्छ। व्यायाम गरेपछि कम्तिमा तीन मिनेटपछि नुहाउनुपर्छ। व्यायाम गर्ने बित्तिकै कपडा फेर्नुहुँदैन। चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ। चिसो मौषममा जीवन शैली ठिकठाकसंग चलेन भने स्वास्थ्य खराब हुनसक्छ।