काठमाडौं– विलिरुबिनको मात्रा धेरै भई नवजात शिशुमा देखिने जण्डिस वा पहेंलोपनालाई नियोनेटल हाइपर विलिरुबिनेमिया वा नियोनेटल जण्डिस भनिन्छ। रगतमा बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमा आखा पहेलो देखिन्छ।
जण्डिस हुनुको मुख्यतया दुई कारणहरु छन्।
१. जन्मजात हुने जण्डिस
नवजात शिशुमा जन्मिएको केही घण्टाभित्र देखिने जण्डिसलाई सामान्य जण्डिसका रुपमा लिइन्छ। जण्डिसको मात्रा बढेको छ भने फोटोथेरापी मेसिनमा राखेर पनि घटाउन सकिन्छ। यस्तो अवस्थाको जण्डिसमा शिशुलाई ज्वरो आउने, दुध चुस्न नमान्ने, बान्ता हुने लगायतका लक्षणहरु देखा पर्दछन्।
२. रोग तथा संक्रमणबाट जण्डिस
बाहिरको संक्रमित खाना वा फोहोर पानीको माध्यमबाट पनि जण्डिस सर्ने गर्दछ।नवजात शिशु बाहेकलाई जण्डिस हुने विश्वभरीको साझा समस्या भनेको मुख्यतः ढल मिसिएको फोहोर खानेपानी पनि हो। हेपाटाइटिस ‘बी’ सर्नाले पनि जण्डिस देखिन सक्छ। आमालाई हेपाटाइटिस ‘बी’ भएको छ भने बच्चालाई जन्मिएको ७२ घन्टाभित्र हेपाटाइटिस ‘बी’ र इमिनोगोलोबिन खोप लगाउनुपर्छ। त्यसो गर्दा जण्डिस बच्चामा सर्न पाउँदछ्।
यसको लक्ष्यणहरुः
खाना अरुचि हुनु, वाकवाक लाग्नु, ज्वरो आउनु, माथिल्लो पेट दुख्नु, शरीर कमजोर हुनु, थकाई लाग्नु, पिसाव पहेँलो हुँदै जानु, आँखा पहेँलो हुनु र छालामा पहेलोपन देखिनु हो। जण्डिस हुँदैमा खासै कुनै खाना बार्नु पर्दैन । घरमा पकाएको सामान्य खाना खादा केही असर पर्दैन। बच्चालाई जण्डिस भयो भने आमाले खाना बानुपर्छ र बच्चालाई दुध दिनु हुँदैन भन्ने मान्यता छ।तर यो सरासर गलत हो।
जण्डिस हुँदा के खाने के नखाने ?
खाने
१. पानीलाई उमालेर सेलाउने र एक लिटर पानीमा २५० ग्राम पानीमा चिनी, मिश्रि घोलेर खाँदा छिट्टै लाभ मिल्छ।
२. खानेकुरा दाल, भात, तरकारी खाँदा केही फरक पर्दैन्।
३.उखुको जुस खाने।
४. वनस्पती घ्यु, चिल्लो पदार्थ, सनफ्लावर तेल, भेजिटेवल्स, तोरीको तेल खान मिल्छ।
५. दूध, दही, रसवरी, पनिर पनि खान सकिन्छ।तर फ्याटको मात्रा कम हुनुपर्छ।
नखाने
१. चिल्लो, पिरो, अमिलो खानेकुराहरु बार्नु पर्दछ।
२. गुलियो स्वाद नभएको फलफूलहरु गाँजर, मुला, काँक्रो, फर्सी, स्कुस, लौका नखाने।
३. सादा खाना वा जाउलोमात्र खानु हुदैन।
४. अण्डाको पहेलो भाग, रातो मासु, गाई भैसीको घिउ नखाने।