काठमाडौं– जाडो मौसममा सुन्तला, यद्यपि, भिटामिन सी पर्याप्त मात्रामा समावेश भएको सुन्तला खाँदा लाभदायक हुन्छ। ब्लडप्रेसरको समस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश गर्नुपर्छ। किनभने, सुन्तलाले सोडियमको मात्रालाई सामान्य बनाएर ब्लडप्रेसरलाई ठीक राख्छ।
दिनहुँ सुन्तलाको सेवनले मृगौलामा हुने पत्थरीको खतरालाई पनि कम गर्छ। यदि मृगौलामा पत्थरी छ भने सुन्तलाको जुस लाभदायक हुन्छ। भिटामिन–सी युक्त सुन्तलाको सेवनले शरीरलाई नोक्सान र्पुयाउने फ्रि रेडिक्लसबाट पनि सुरक्षित राख्छ। सुन्तलामा फाइबरको मात्रा राम्रो हुन्छ। जसले कोलेस्ट्रोलका स्तरलाई नियन्त्रित गर्न सहायता र्पुयाउँछ। यसले मुटुसँग जोडिएका समस्याहरुलाई पनि कम गर्छ।
जाडो मौसमा रुघा–खोकीले सताउने गर्छ। त्यस्तो अवस्थामा पनि सुन्तलाको सेवन फाइदाजनक हुन्छ। त्यसो त जाडोयाममा पाइने सबै फलफुलहरु भिटामिन–सी युक्त हुने भएकाले यो मौसममा लाग्ने रोगहरुलाई कम गर्न सहयोग र्पुुयाउँछ।
सुन्तलाका फाइदाहरुः
जाडोमा सुन्तला खाँनु अत्यन्तै राम्रो हुन्छ। यसको नियमित सेवनले विभिन्न मौसमी रोगहरुबाट मुक्त होइन्छ। सुन्तला चिसो भएता पनि गर्मी मौसममाभन्दा यसले जाडो मौसममा धेरै फाइदा र्पुयाउँछ। सुन्तला खाँदा छालालाई चाउरिनबाट बचाउँछ। साथै कहिल्यै सुख्खा हुन दिँदैन।
त्यसैले सुन्तलाको सेवन अत्यधिक मात्रामा गर्नुपर्छ र नियमित रुपले यसको जुस पनि पिउनुपर्छ। यदि सुगरको समस्या छ भने सुन्तलाको सेवन गर्नु उपयुक्त हुन्छ। सुन्तलाले ब्लड सुगरलाई नियन्त्रण गर्छ। साथै यसमा समावेश भएको भिटामिन–ए ले आँखालाई पनि धेरै फाइदा र्पुयाउँछ।