एजेन्सी– अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो। ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला परेको हो।
यसको बारेमा धेरैलाई थाहा नहोला। यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ।
यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ।
यसको फाइदाहरुः
१.माइग्रेन – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ।
२.कब्जियत– यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गा्निक एसिड, सुगर र सेलुलोज हुन्छन्। यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ।
३.पाचन प्रणाली – यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ।
४. थकान– सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ। डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ। अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ। यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ।
५.मिर्गौलाको समस्या – अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ।
६.स्तन क्यान्सर – अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छ।
७.अल्जाइमर रोग – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ।
८.दम – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ।
९.मुटु रोग – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ।