काठमाडौं– हरियो केराउले शरीरलाई फाईदा मात्र गर्छ भन्ने छैन। कतिपय अवस्थामा यसले वेफाइदा पनि गरिरहेको हुन्छ। त्यसैले हरियो केराउ खाँदा आफ्नो शरीरको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ।
छाला चम्किलो बनाउँछः
हरियो केराउको प्रयोगले छाला चम्किलो बनाउँछ। केराउ उमालेर पिध्ने र बेसारमा मिसाएर शरीरमा लगाउनाले छाला चम्किलो हुन्छ र कोमल पनि हुन्छ।
महिनावारीमा आरामः
स्त्रीहरुमा हुने माहिनावारीसँग सम्बन्धीत सबै प्रकारका समस्या टाढा राख्न मद्दत गर्छ। समयमा महिनावारी नहुनु, बढी रगत बग्नु, माहिनावारीका समयमा हुने दुखाई आदीलाई कम गर्न मद्दत गर्छ।
मोटोपन कम गर्छः
हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा बोसो जम्न दिदैँन।
पेटको क्यान्सरः
रिसर्चका अनुसार हरियो केराउमा क्यान्सर रोधक तत्व काउमेस्ट्रोल हुन्छ, जसले क्सान्सर कोषीकाहरुको विकास रोक्छ।
मधुमेह नियन्त्रणः
यसमा प्रोटीन र उच्च तत्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ। यसले मधुमेहको खतरालाई पनि टाढा राख्छ।
सुन्निएको समस्यामा आरामः
जाडो मौसममा हात, खुट्टामा सुन्निने समस्यामा पनि हरियो केराउले निकै फाइदा गर्छ। शरीर सुन्निएमा केराउ उमालेको पानीले नुहाउनाले शरीरलाई फाइदा गर्छ। शरीरमा कुनै प्रकारको जलन भएमा केराउको लेप लाएमा आराम मिल्छ।
प्रतिरोधात्मक क्षमता बढाउँछः
हरियो केराउमा पाइने आइरन, जिङ्क, म्यागनेसीयम र कपरले विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ। साथै यसमा पाइने एंटी अक्सिडेन्टले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।