काठमाडौं– दाँतमा किरा लाग्ने समस्या प्रायः जो कोहीलाई पनि हुन सक्छ। जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो। दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ। जस्लाई सहन धेरै गाह्रो हुन्छ। किनकी यस्को दुखाई दाँतको जरासँग हुन्छ।
जस्को कारणले गर्दा त्यसमा सुनिने समस्या पनि हुन सक्छ। त्यसैले सकेसम्म चाडैं यस समस्याको उपचार गर्नु राम्रो हुन्छ। यस समस्याको उपाय धेरै भएता पनि डाक्टरको सल्लाहअनुसार उपचार गर्नु फाईदाजनक हुन्छ। तत्कालै समस्या हल गर्नको लागि दाँतबाट किरा हटाउने केही घरेलु उपाय पनि छन्।
दाँतको किरा हटाउने घरेलु उपायः
हामी तपाईलाई केही घरेलु उपायबारे जानकारी दिन्छौं। जस्ले गर्दा तपाइँको किरा लागेको दाँतमा दुखाई कम हुनुका साथै अन्य दाँतमा यही समस्या हुनुको खतरा पनि कम हुन्छ। किनकी यो समस्या एउटा दाँतबाट अर्को दाँतमा तुरुन्तै फैलिन्छ। जस्को कारणले गर्दा अरु दाँतलाई पनि समस्या हुनेगर्दछ।
नुन–बेसारः
बेसारको पाउडर र नुनलाई तोरीको तेलमा मिक्स् गरी प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ।
दाँतको ब्याक्टेरिया मार्न प्याज खानेगर्नुहोस्ः
प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ। तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ। किनकी प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ। यस्को प्रयोगले तपाइँको दाँतको दुखाई कम हुन्छ।
प्याजलाई एक प्रकारको प्राकृतिक औषधि पनि मानिन्छ। जस्मा दाँतको दुखाई निको पार्ने गुण हुन्छ। यदि तपाइँको दाँतमा पनि समस्या छ भने प्याजको प्रयोग गर्नुहोस्। जसबाट तपाइँलाई लाभ मिल्दछ। यस्को लागि प्याजलाई काटेर सानो टुक्रालाई किरा भएको दाँतबाट चपाउनुहोस्। तपाइँले प्याजलाई सलाद बनाएर खाएमा दाँतको दुखाई कम गर्दछ।
बरको चोपः
किरायुक्त दाँतमा बरको चोप लगाउनाले किरा र दुखाई दुबै हट्दछ।
फिटकिरीः
फिटकिरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुबै हट्दछ।
ल्वाङ्गः
ल्वाङ्गलाई दाँतको दुखाईको लागि सबैभन्दा राम्रो उपाय मानिन्छ। यस्को साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ। ल्वाङ्गमा विशेष प्रकारको गुण पाईन्छ। जस्ले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ। दाँतमा दुखाई ब्याक्टेरियाको कारणले गर्दा हुन्छ।
जस्लाई हटाउने काम ल्वाङ्गले गर्दछ। यसको लागि ल्वाङ्गलाई दुखेको दाँतमा राख्नुहोस्। यसबाट विस्तारै दाँतको दुखाई कम हुन्छ। यस प्रक्रियामा थोरै समय लाग्न सक्छ। तर फाईदा धेरै नै हुन्छ।
हिंगः
तपाइँको दाँत कुनै कारणले दुखिरहेको छ भने हिंगको प्रयोग गर्नाले आराम मिल्दछ। किनकी हिंगमा भएको तत्वले दुखाई उत्पन्न गर्ने किटाणुलाई समाप्त गर्छ र दुखाईबाट आराम दिलाउँछ। तपाई यसको प्रयोग कागतीको रसमा हालेर गर्न सक्नुहुन्छ।
यसले दाँतलाई औषधिको साथै अम्लीय पदार्थको पनि फाईदा मिल्दछ। यसको लागि दुखेको दाँतमा दुबै पदार्थलाई कपासको मद्धतले लगाउनुहोस्। यसबाट तपाइँलाई दाँतको दुखाईबाट छिटै छुट्कारा मिल्दछ।