काठमाडौं– प्रायः शौकीन मानिसलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन। उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन। किनकी त्यस्ता मानिसहरुले जुन खानेकुरामा स्वाद बस्यो त्यसलाई नखाइ छाड्दैनन्।
तर आफ्नो स्वास्थ्यको ख्याल राख्नेहरु हरेक समयमा हरेक खाद्य पदार्थको राम्रा तथा नराम्रा गुणबारे जानकारी हासिल गर्न इच्छुक हुन्छन्। यसकारण आज हामी तपाईहरुलाई भटमासको बेफाइदाका बारेमा केही जानकारी बताउनेछौंः
भटमासलाई प्रोटीनको स्रोत मानिन्छ। यसमा भटमासमा भिटामिन–ए भरपूर मात्रामा पाइन्छ। भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ। जो शरीरलाई फिट राख्न धेरै आवश्यक हुन्छ। त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन, उनीहरुका लागि भटमास धेरै फाइदाजनक हुन्छ। तर केही व्यक्तिका लागि भने भटमास विष नै हुनेगर्दछ।
एक अध्यनका अनुसार ६ प्रकारका रोगबाट ग्रस्त व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन। यस्ता व्यक्तिले भटमास खानु भनेको बिष सेवन गर्नुजस्तै हो। भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने खतरा पनि हुन्छ। जस्तैः
सुत्केरी महिलाः
गर्भवती महिला या स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक हुन्छ। भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउँने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन्। यस्तै स्तनपान गराइरहेकी महिलाले पनि भटमास खाँदा दूध पिउने बच्चामा त्यसको नराम्रो असर पर्न जान्छ। आमाले धेरै भटमास खाँदा बच्चाहरुमा अपच हुने खतरा बढ्छ।
छालाको रोगः
यदि कुनै व्यक्तिलाई छाला सम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले पनि भटमास नखानु नै राम्रो हुन्छ।
मुटु रोगः
भटमासमा ‘ट्रान्स फ्याट’ हुन्छ। जसले हाई कोलेस्ट्रोल तथा मुटुको रोग निम्त्याउँछ। यसकारण जुन व्यक्तिलाई मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो हुन्छ।
मिर्गौला सम्बन्धी रोगः
भटमासमा फीटोएस्ट्रोजन नामक एक केमिकल पाइन्छ। सामान्य व्यक्तिलाई त यसले खासै असर पुर्याउँदैन। तर जो व्यक्ति मिर्गौला सम्बन्धी रोगबाट पीडित छन, त्यस्ता व्यक्तिका लागि यो केमिकल जहर समान हुन्छ। मिर्गौलामा फीटोएस्ट्रोजन केमिकलको बृद्धि हुँदा गम्भीर असर निम्तिन सक्छ। यो केमिकलका कारण किड्नी फेल हुने खतरा समेत हुन्छ।
क्यान्सरः
सबै प्रकारको त हैन, तर जो व्यक्तिलाई मूत्राशय ९यूरिन० को कयान्सर छ, त्यस्ता व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ। यसको अतिरिक्त यदि परिवारिक इतिहासमा पनि कहिल्यै कुनै व्यक्तिलाई क्यान्सर लागेको थियो भने, अगाडिको पीढिले भटमास नखानु नै राम्रो हुन्छ।
मधुमेहः
यदि तपाईलाई चिनी रोग (मधुमेह) लागेको छ भने पनि भटमास नखानुहोस्। किनकी भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ।