काठमाडौं– उचित खानपानको व्यवस्थापन अभावका मारण मानिसहरु दिनप्रतिदिन मोटोपनको शिकार बन्दै गएका छन्। अझ पछिल्लो समय शारीरिक कामसमेत नगर्ने मानिसहरु प्रविधि तथा अन्य सुविधा प्रति आकर्षित हुँदा मोटोपनको समस्या झन् बढीरहेकाे पाइन्छ।
किशोर अवस्थादेखि नै मानिसमा मोटोपनाको समस्या देखिन थालेको छ। युवा उमेरका अधिकाशं मानिसमा शरीरको सबै भाग फिट रहेतापनि पेट भने बाहिर निस्किएको हुन्छ। भुँडी घटाउन मानिसहरु बिहान–बेलुका मर्निङ वाक गर्ने, योग गर्ने, साइक्लिङ गर्ने वा हल्काफुल्का ब्यायाम गर्ने गर्दछन्।
केही युवा दौडने र जिम जाने समेत गर्छन्। यसरी गरिने क्रियाबाट मात्र मानिसको भुँडी लाग्ने समस्या न्युन हुँदैन। हामीले खाने खाना तथा आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्दछ। त्यसैले आज हामी मोटोपन सगैँ चायापोतो हटाउने केही घरेलु उपाय यहाँ प्रस्तुत गर्नेछौंः
हामीलाई चाहिने सामाग्रीः
एक पाना अधुवा, ६–७ वटा कागती, दालचिनीको पाउडर।
बनाउने तरिकाः
सबैभन्दा पहिला अदुवालाई धोएर मसीनो टुक्रा बनाउने र कागतीको जुस निकाल्नुहोस्। त्यसपछि अदुवाको टुक्रा र कागतीको जुसलाई मिक्चरमा पिस्नुहोस् र पेस्ट तयार गनुहोस्। एउटा प्यानमा २ लिटर पानी बोयल गनुहोस्, बोयल भएको पानीमा तयारी पेस्ट, जुस निकालिएको कागतीको खोस्टा र दालचिनीको पाउडर ३–४ चम्चा लगाएर सानो आँचमा १० मिनेट पकाउनुहोस्।
अब औषधी तयार भयाे यसलाई एउटा भाडोमा तारेर राख्नुहोस्। पानी पकाउँदा घट्यो भने तातो पानी मिक्स् गरेर भाडोलाई सुरक्षित राख्नुहोस्। तयार भएकाे औषधीलाई बिहान–बेलुका एक–एक कप पिउनाले माेटाेपन वस्तारै कम हुँदै जानेछ। यसले पेटमा जम्मा भएको बोसो घटाउन मद्दत गर्छ। तपाईको लागि यो औषधी अमृत सावित हुनेछ।