काठमाडौं– पिज्जा खानाका परिकारमा सबैको लागि प्रिय परिकार हो। बच्चा देखी बुढाे सम्मकाेलाइ पिज्जा मन पर्छ।
प्रायः जसो रेष्टुरेन्टको मेनुमा खोजिने परिकार मध्ये पिज्जा नै अगाडी आउँछ। यदि हामीलाइ पिजा खान पर्याे भने कुनै हाेटल वा रेष्टुरेन्टहरूमा नै धाउने गर्दछाैँ। तर हामिले कहिल्यै पनि घरमानै पिज्जा बनाएर खाने गरेका छाैनाै। त्यसैले अब हामी घरमा नै बसेर सजिलैसँग पिज्जा बनाउन सक्छाै। त्यसैले आज हामी भेज पिज्जा बनाउने केही टिप्स् बताउदैछौं।
पिज्जाका लागि चहिने सामग्री
पिज्जा बनाउनु भन्दा पहिला हामिले मैदा, चिनी, नुन, तेल, मरिचको धुलो, पानी जस्ता सामानहरू जम्मा गर्नुपर्ने हुन्छ। अनी मात्र राम्राे पिज्जा बन्दछ।
घरमा नै बसेर पिज्जा बनाउने तरिका
सबैभन्दा पहिला मैदामा चिनी, नुन, मरिचको धुलो राखेर पानी राख्दै मुछ्नुपर्छ। मैदा मुछ्दा एकदमै ध्यान दिएर मुछ्नुपर्छ। त्यसपछि एकैछिन मुछेपछी फेरी थोरै मैदा राखेर मुछ्नुपर्छ। मैदालाई गोलो आकार बनाउने, त्यसपछि एउटा भाँडोमा तेल लगाएर मैदालाई राखिदिने र केही समय यत्तिकै छोपेर छाडिदिनु पर्छ।
त्यसपछि भने पिज्जाको लागि सस तयार गर्नुपर्छ, सस बनाउँदा टमाटर पिसेर त्यसमा नुन, चिनी र केही मसला राख्नुपर्छ। टमाटरमा थोरै जैतुनको तेल पनि राख्नुपर्छ। एउटा प्यानमा तेल लगाएर त्यसमा तयार पारेको मैदाबाट केही भाग लिंदै हातले नै पीज्जाको आकार बनाउने। त्यसपछि सस, चिज र तरकारी राखिदिने।
अब तयार गरीएको पिज्जालाई मिडियम हिटमा १०–१५ मिनेट ओभनमा पकाउने। यसरी बनाएको पिज्जा एकदमै राम्रो र स्वादिलो हुन्छ। अब तपाइले यसैगरी पिज्जालाई घरमा बनाएर खान सक्नुहुनेछ।