काठमाडौं– अहिले चिसो मौसम छ। प्रायः मानिसहरुलाई रुघा लाग्ने र ज्वरो आउने गरेको पाईन्छ। तर हामी मेडिकलबाट तुरुन्तै औषधि किनेर खाने गर्दछौँ।
यसो गर्दा हाम्रो स्वास्थ्यमा ठूलै असर पार्न सक्छ।त्यसकारण घरेलु उपाय अपनाएमा तपाईको शरीर सधै स्वस्थ र दीर्घायू हुने गर्दछ। तुलसी बहुगुणी वनस्पती हो, त्यसैले हाम्रा पूर्खाहरुले पनि यसलाई उच्च महत्व दिएका हुन्। तुलसीमा औषधीय गुण भएर नै मानिसले घर अघिल्तिर आँगनमा रोप्ने गर्दछन्।
निकै उपयोगी तुलसीको पात, सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ। साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्दछ।
दूध– दूध जति स्वादिलो, उत्तिनै गुणकारी पनि हुन्छ। यसमा क्याल्सियम लगायत पोषक तत्व पाइन्छ। तर दूध र तुलसीलाई मिश्रण गरिएमा के हुन्छ त ?
कतिपय पदार्थ यस्ता हुन्छन्, जो आफैमा औषधि हुन्छ। तर, त्यसलाई अर्को पदार्थसँग मिश्रण गर्दा त्यो हानिकारक र विषाक्त पनि हुनसक्छ। ठीक त्यसैगरी कतिपय पदार्थलाई आपसमा मिलाउँदा भने त्यसको औषधीय गुण अझ बढ्छ।
जस्तौः (दूध र तुलसी)
तुलसीको पातमा अनेक किसिमका औषधीय गुण हुन्छन्। यसलाई नियमित रुपमा तुलसीको पात दूधमा उमालेर पिउनाले धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ। त्यसो त अहिले धेरैजसो मान्छे कुनै न कुनै रोगले सताइएका छन्। कोही मधुमेहले ग्रस्त छन् त कोही हृदय रोगले। यसैगरी कोही क्यान्सरले ग्रस्त छन्।
यीमध्ये धेरैजसो रोग हाम्रो खानपान र जीवनशैलीले निम्त्याएको छ। त्यसैले सही खानपान, सन्तुलित दिनचर्या अपनाउने हो भने हामी सम्भावित रोगबाट बच्न सक्छौं। यस्ता सम्भावित रोगबाट बच्नका लागि तुलसीको पात निकै उपयोगी हुन्छ। जस्तैः
तनाव वा डिप्रेसनमा– यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ। तनाव एवं चिन्ता कम हुन्छ। डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुन्छ।
माइग्रेनमा राहत– दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ। नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ।
दम रोगमा फाइदा– यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ। नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ।
हृदय रोगमा– दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ। त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ।
पत्थरीको समस्यामा– यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमापिउनुपर्छ। यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ।
रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ। यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ।
कसरी सेवन गर्ने ?
यसलाई औषधी बनाउनका लागि तपाईंले डेढ गिलास दूध उमाल्नुपर्छ। जब दूध उम्लन सुरु गर्छ त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ। अब एक गिलास दूध भएपछि त्यसलाई सेलाउन दिनुपर्छ र मन तातो भएपछि पिउन सकिन्छ।