काठमाडौं– प्रायः मानिसहरुको अनुहारमा पिम्पल आएर सुन्दरतालाई कायम राख्न सक्नु मानिसको स्वास्थ्य चुनौतिको रुपमा आएको छ। बजारमा पिम्पल हटाउने अनेकौं क्रिम पनि आएका छन् तर त्यसले पनि काम नगर्दा चिन्तामा हुनुहुन्छ भने अप्नाउनुहोस अब घरेलु उपायः
अनुहारमा नुन यसरी लगाउनुहा्स्ः
एउटा सिसाको कचौरामा एक चम्मचा नुन राख्नुहोस। त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेट राख्नुहोस्। त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस्। त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगाउनुहोस्।
हातलाई सफा पानीमा हल्का भिजाएर भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा विस्तारै स्क्रबिङ गर्नुहोस्। कम्तिमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस्। एक हप्तामा कम्तिमा दुईपटक यस्तो गर्नुहोस्।
नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो। यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ। र ब्याक्टेरियाको नाश गर्छ। यस्तै मह प्राकृतिक मस्चराइजर हो। जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ।
पिम्पललाई ननिचोर्नेः
हामीले अनुहारमा सानोतिनो पिम्पल आइहाल्यो भने त्यसलाई निचोर्न थाल्छौं। जुन एकदम सरासर गलत कार्य हो। अनुहारमा पिम्पल आइहाल्यो भने पनि त्यसलाई कहिल्यै पनि ननिचोर्नुहोस्। पिम्पल निचोर्नाले उसको छेउछाउमा पिम्पल हुनुको सम्भावना अझ बढने गर्छ। यदि हुन सक्छ भने तपाईले पिम्पललाई छुन पनि नछुनुहोस्। त्यो पिम्पललाई जति जिस्कायो, उति जिस्किन्छ र तपाईको अनुहारको सुन्दरता लाई काम गरिरहेको हुन्छ। त्यसैले पिम्पलस् लाई ननिचोर्नु राम्रो हुन्छ।