काठमाडौं– अनारले हाम्रो शरीरलाई धेरै फाइदा पुया्उछ। अनारको नियमित सेवनले हाम्रो शरीरमा रगतको कमी हुन नदिइ रगतको मात्रा बढाउने काम गर्छ। अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ भने यसले हृदयघात र स्ट्रोकको जोखिमलाई समेत कम पार्छ। नियमित अनारको जुस पिउने गर्दा शरीरमा उर्जा प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई निकै फाइदा गर्छ।
प्रत्येक दिन एउटा दाना अनार खाने गर्दा हामीलाई यसले क्यान्सर हुने सम्भावनाबाट समेत जोगाउने गर्छ। यसको सेवनले स्तन र फोक्सोको क्यान्सर र प्रोस्ट्रेट क्यान्सर हुने सम्भावना कम हुन जान्छ। अनारको नियमित सेवन गर्ने व्यक्तिहरुलाई दाँत र गिजासम्बन्धी समस्या बाट छुटकारा मिल्दछ। अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्नुका साथै गर्भावस्थामा गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ।
बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुका लागि समेत अनारको सेवन लाभदायिक हुन्छ। अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले यसको सेवनले रक्त अल्पता भएका बिरामीहरुका लागि निकै फाइदाजनक हुन्छ। रगत सफा पर्ने भएकोले अनारको सेवनले छालालाई चम्किलो बनाउनुका साथै छालासम्बन्धी विभिन्न रोगलाई समाधान गर्ने गर्छ।
कुन अवस्थामा अनार खानुहुदैनः
हरेक कुराको फाइदा संगसंगै बेफाइदा पनि हुने गर्छ। शरीरमा विभिन्न रोगले सताईरहेको छ भने हामीले अनार खाने गर्नु हुँदैन। अनारमा सुगरको मात्रा धेरै भएको कारणले यसले हाम्रो शरीरको ब्लड सुगर लेवललाई वृद्धि गर्ने काम गर्छ। मधुमेह रोगीले अनारको सेवन गर्नु हुँदैन।
अनार खादा तौल घट्नुको साटो अझै बढ्ने गर्छ। अनारमा विभिन्न एंटी अक्सीडेन्ट्सहरु धेरै मात्रामा हुने कारण छिट्टै प्रेसर लो हुने भएको कारणले गर्दा प्रेसर लो हुने ब्यक्तिहरुले अनारको सेवन गर्नु हुँदैन, हामीहरुले उक्त रक्तचाप कम गर्ने वा कोलेस्ट्रोल कम गर्ने औषधिको सेवन गरिरहेका छौं भने हामीले त्यस्तो बेलामा अनार खाने गर्नु हुँदैन।
अनार खाँदा हामीले खाएको औषधिले हाम्रो शरीरमा काम गर्दैन। साथै, अनारमा पाइने एन्जाइम्सले हाम्रो कलेजोले उत्पादन गर्ने एन्जाइम्ससंग मिलेर हाम्रो शरीरमा नकारात्मक असर पुर्याउने हुनाले कलेजोमा समस्या देखा परेका व्यक्तिले अनार खानु उचित मानिँदैन।
अनारमा फाईबर्सको मात्रा अधिक पाइने हुँदा कब्जियत, पेटमा ग्यास तथा पेटसम्बन्धी रोगहरु निम्त्याउने भएकाले कब्जियत भएको मान्छेले अनारको सेवन गर्नु हुँदैन। दम भएका रोगीहरुले अनार खाँदा झन् दम बढ्ने हुँदा दम रोगीले अनार बिर्सेर पनि सेवन गर्नु हुँदैन।