काठमाडौं– मैदाबाट बनेका खानेकुराको सेवनले तौल बढ्ने समस्या अधिक हुन्छ। मैदाको अधिक प्रयोगले रगतमा कोलेस्टेरोल बढ्नुका साथै ट्राइग्लिसराइडको तह पनि उच्च हुन्छ।
मैदा बनाउँदा प्रोटिन पूर्ण नष्ट हुँदा मैदा एसिडिक बन्न पुग्छ। त्यसले हड्डीमा भएको क्याल्सियम सोस्छ र हड्डीलाई कमजोर बनाउँछ।मैदामा अधिक मात्रामा ग्लुटन पाइन्छ, जसले मैदालाई लचिलो बनाउँछ। कैयौं मानिसलाई ग्लुटनका कारण फुड एलर्जीको समस्या हुने गर्छ।
जबकि, यसको ठीकविपरीत गहुँमा प्रोटिन र फाइबर ज्यादा मात्रामा पाइन्छ। मैदाबाट बनेका खानेकुराको सेवनले रगतमा ब्लड सुगरको मात्रा बढ्न थाल्छ, जसले गर्दा रगतमा ग्लुकोज जम्मा हुनथाल्छ। त्यसका कारण रसायन प्रतिक्रिया उत्पन्न भई बाथ र मुटु रोगको जोखिम बढ्छ। पेटमा हानी र्पुयाउने खानेकुरामा मैदा सबैभन्दा अग्रपंक्तिमा आउँछ। यसमा फाइबर रत्तिभर पनि नहुने हुँदा कब्जियतको समस्या निम्त्याउँछ।
मैदाको सेवनले रगतमा ब्लड सुगरको मात्रा तुरुन्तै बढ्ने गर्छ। यसमा ग्लाइसेमिक इन्डेक्स अधिक हुने गर्छ, जसले गर्दा मधुमेहको खतरा बढ्छ। बजारमा पाइनेजति सबै मिठा खानेकुरा मैदाबाट बनेका छन्। भोक लाग्दा छिटो-छरितो उपलब्ध हुने कुरा पनि यिनै हुन्। त्यसैले तपाईं मधुमेहबाट बच्न चाहनुहुन्छ भने मैदाको प्रयोग सकेसम्म कम गर्नु नै फाइदाजनक छ।