काठमाडौं– सुन्दरतासगैं कपाल पनि आकर्षक र बलियो हुन जरुरी छ। कपाल स्वस्थ, आकर्षक र बलियो बनाउँनको लागी के गर्ने भन्ने विषयको बारेमा थुप्रै जानकारीहरु छन्। तर कुन जानकारीलाई फलो गर्ने भन्ने बारे हामी दुबिधामा छौं।
वातावरण प्रदुषणको कारण वा मानसिक पिडाकोे कारण कपाल झर्ने, कपाल पातलो हुने, तालु खुइलिने लगायतका समस्याहरु देखापर्दछन्। त्यसका लागि सर्वप्रथम कपाललाई स्वस्थ्य राख्न र झर्न नदिनको लागी पिडाबाट मुक्त हुन सक्नुपर्दछ।
बाहिरी वातावरणमा हिड्नेलाई अत्याधिक धुलो, धुवाँ र प्रदुषणले अनुहारमा झै कपालमा पनि त्यस्तै असर देखाउँछ, त्यसैले बाहिर खुल्ला ठाउँमा हिड्दा कपाललाई छोपेर हिड्नुपर्दछ। कपाल आकर्षक र बलियो बनाउने चाहनाले गर्दा बजारमा केमिकल मिसिएको साम्रागी प्रयोग गर्नाले केहि समयपछि साइड इफेक्ट देखापर्दछ। त्यसैले यस्ता सामाग्रीको प्रयोगबाट टाढै रहनु राम्रो हुन्छ।
कपाललाई मजबुत बनाउन के गर्ने त ?
तेलमा पाइने पोषक तत्वले कपाललाई जरैदेखि बलियो बनाउँछ। उदाहरणका लागि अमलाको तेलमा पाइने भिटामिन सीले कपाललाई बलियो बनाउँछ, तेल लगाउनाले कपाल चम्किलो र बलियो हुन्छ। तेल नलगाएको कपाल टुक्रिने, झर्ने आदि हुन्छ।
कपालमा तेल लगाउँदा टाउकोको मसाज पनि हुन्छ। मसाज गर्दा टाउकोमा रहेका छिद्र खुल्ने, टाउकामा रक्तसञ्चार तीव्र हुने गर्छ। रक्तसञ्चार तीव्र हुँदा कपाल बलियो हुने र कपालको जरामा जम्मा भएका टक्सिन, अक्सिडेन्टजस्ता विकार बाहिर निस्कन्छन्। यसले कपाललाई चम्किलो, बलियो र स्वस्थ बनाउँछ।
नुहाउनुअघि नरिवल, जैतुन, तोरी, अमला आदिका तेल लगाउनाले नुहाउँदाखेरि कपाल कम झर्छ। तोरीको तेलमा ताजा अमलाको रस मिसाएर नुहाउनुभन्दा आधा घण्टाजति अघि कपालमा लगाउनाले नुहाएपछि कपाल चम्किलो हुनुका साथै नुहाइञ्जेल कम कपाल झर्छ।
कपालमा लगाउने तेल किन्दा बास्नादार तेल सकभर नलगाउनु बास्नादार तेलमा अनेक थरी केमिकल मिसाइएका हुन्छन्। त्यसले कपाललाई कमजोर बनाउँछन्। नरिवल, जैतुन, बदाम, तोरी, अमला आदिको तेल कपालका लागि उत्तम मानिन्छन्।
सोचे भन्दा बढी फाइदाः
– तेल लगाउँदा मनतातो बनाएर मात्र लगाउने, कपाल नुहाउनु अघि जहिल्यै पनि १ वा २ घण्टा अघि तेल लगाएर मसाज गर्ने, तेल लगाउँदा कपाल नरम भएन भने नरम बनाउने तेलको प्रयोग गर्ने। ४. धेरैनै सुख्खा कपाल छ भने नरिवको तेल लगाएर मजास गरी करिब ३ घण्टापछि मात्र नुहाउने।
– कपालमा कलर छ भने कपाल सुख्खा हुन्छ, कपाल नरम बनाउँनको लागी तोरीको वा जैतुनको तेल लगाउने। ६.जरै सम्म तेल लगाएर केहि समय मसाज गर्ने, यस्ता उपायको साथमा कपाल चिसोपानीले मात्र नुहाउने गर्नुहोस्। तपाईको कपाल झर्ने समस्या, रुखो हुने समस्या आउदैन् र कपाल आर्कषक र बलियो हुन्छ।