काठमाडौं– हिङ एक प्रकारको जडिबुटी हो। यसमा धेरै औषधिय गुण हुनुका साथै यसको सेवनले पेटसम्बन्धी बिभिन्न समस्याहरुका लागि फाइदा पु्या्उछ।
हीङमा एन्टी अक्सिडेन्ट हुन्छ जसले पेट दुख्ने, अपच हुने , ग्यास्ट्रिक तथा कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्छ। हिङलाई पेटको वरिपरी लगाउनाले पेट दुखेमा, पेट फुलेमा तथा पेटमा भारी महसुस भएमा आराम मिल्छ।
हिङको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउनुका साथै क्यान्सरको कोशिकाको बिकास हुनबाट रोक्छ, हिङमा स्वाइनफ्लु जस्ता घातक बिरामीका लागि पनि लाभदायी हुन्छ। यसमा एच.वन.एन वन भाइरसलाई नष्ट गर्ने क्षमता हुन्छ।
हिङको प्रयोगले छालासम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्दछ। छालामा दाद भएको ठाउँमा हीङ लागउनाले निको हुन्छ। साथै छालासम्बन्धी बिभिन्न समस्या समाधान गर्न उपयोगी हुन्छ। टाउको दुखेमा पानीसंग हिङ खानाले तुरुन्त आराम मिल्छ।
यसमा कोमरिन्स नामक तत्व हुन्छ। यसले रगतलाई पातलो बनाउन मद्दत गर्छ अर्थात् रगत जम्नबाट रोक्छ। हिङको सेवनले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्नुका साथै मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ।
यसले शरीरमा शुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ। हिङलाई अदुवासंग मिलाएर खानाले खोकी तथा ब्रोेन्काइटिसको समस्याबाट आराम मिल्छ, यसको सेवन गर्नाले पुरुषमा नपुंसकता, शिघ्रपतनको कमी हुनबाट बचाउँछ।