काठमाडौ — प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि विहीबार अस्पताल गएका हुन्। प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस गरिदै आएको छ।
प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो। ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता उनले औषधि सेवन गर्दै आएका छन्।