काठमाडौं – शरीरमा भिटामिन बी को कमी सामान्यतया शाकाहारी मानिसमा बढी पाइन्छ, किनकि निकै कम शाकाहारी आहारमा मात्र यो भिटामिन पाइन्छ।
माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने ठूलो अध्ययनले देखाएको छ।
शरीरलाई आवश्यक पर्ने भिटामिन लामो समयसम्म शरीरले पाउँदैन, अनि अनेकौ रोगहरु लाग्न सुरु हुन्छ। भिटामिन बी१२ को कमीका अनेक असर हुन्छन्। यो मासु, माछा, अण्डा र दुग्धजन्य उत्पादनमा पाइन्छ।
भिटामिन बि(१२ को कमी जसले स्नायु क्षति निम्त्याउँछ, यसका लक्षणहरु देखा पर्न पनि तीन चार वर्ष लाग्छ।
सरीरमा भिटामिन बी १२ को कमी भएपछि उत्पन्न हुने लक्षण यस्ता छन्
१.हात काप्ने
२.हड्डी कमजोर हुने
३.कान कराउनु
४.मुखमा अनावश्यक घाउ आउनु
५.मुटुको धड्कन बढ्नु
६.पाचन शक्ति कमजोर हुनु
७.भूल्ने बानी बढ्नु
८.शरीरमा रगतको कमी हुनु
९.दिमागमा तनाव सिर्जाना हुनु
१०.नसा पोल्ने र झमझमाउने
भिटामिन बी १२ प्रसस्त पाइने खानेकुराहरु
भिटामिन बी निकै महत्वपूर्ण हुन्। तर यो थोरै परिमाणमा चाहिन्छ। प्रतिदिन २.४ माइक्रोग्राम भिटामिन बी १२ सरीरलाई आवश्यक पर्दछ। दुध, दही, अण्डा, मासु, माछाका साथै फलफूल र सागपातमा भिटामिन बी १२ प्रसस्त पाइन्छ।