काठमाडौं– बाँसको तामालाई रैथाने परिकार मानिन्छ। हुन त अहिले यसको सिजन होइन। यद्यपी जाडो मौसममा बाँसको तामाको परिवार निकै उपयोगी हुन्छ। बाँसको तामा मानव स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ। यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ।
नेपालमा मात्र नभई दक्षिण एसियामा पनि तामाको परिकार बनाएर खाने प्रचलन छ। नेपालमा यसको परिकार सिमित भए पनि विदेशमा भने सैयौं परिकारमा यसको प्रयोग गरिन्छ। जाडो मौसममा तामाको सुप स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।
खानको लागि बाँसको तामालाई कसरी तयार गर्ने त ?
यसलाई बनाउने तरिकाः
सबै भन्दा पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याई स–साना टुक्रा बनाएर त्यसलाई केहीबेर घाममा सुकाई बेसार मोल्ने र सफा माटोको भाडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरि राख्नुपर्छ।
त्यसलाई जति लामो समय राख्यो त्यति नै अमिलोपन बढ्दै जान्छ। तामालाई पलास्टिकमा बाधेर जमिनमुनि महिनौसम्म गाड्ने परम्परागत तरिका पनि छ। तर, ब्याबसायिक रुपमा तामा उत्पादन गर्ने हरुले भने एयर टाइट भाडोमा भिनेगर र तामा राखी विक्रीको लागि राख्नेगरेका हुन्छन्।
यसका परिकारः
नेपालमा बासको तामाको परिकार सिमित छ। नेपालमा आलु तामाको तरकारी निकै प्रचलित छ। तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकप्रिय छ। विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन्। खानाको सुरुवाती समयमा एप्पीटाइजर सलादको रुपमा तामालाई लिने गरिन्छ। तामाको सुपलाई विभिन्न थरीबाट तयार गर्न सकिन्छ।
थाइल्यान्डमा तोम यम कोङग, चीनमा हट एन्ड सावरमा तामा अनिवार्य हुन्छ। चीनमा त तामाको २५० भन्दा बढी परिकार तयार हुन्छ। मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ। बासको टुसालाई ताजै तरकारीको रुपमा खान पनि सकिन्छ।
मेडिकल फाइदाः
बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ। त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा र्पुयाउँछ, बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ। जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ।
पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ। बिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ, गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ। यस्ता महिनालाई गर्भवतिको अन्तिम महिलामा तामा खुवाउने गरिन्छ।
यसले ग्यास्ट्रिक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ। नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ, यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लािग तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ। स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ।