काठमाडौं– जाडो मौषममा प्रायः मानिसहरुको स्किन सुख्खा हुने गर्दछ। चिसोमा स्किनको ग्लो कायम राख्नको लागि छालाको हेरबिचारमा अरु बेलाभन्दा अली बढी ध्यान दिनुपर्ने हुन्छ। छालामा सुख्खापन देखिनासाथ दैनिक २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ।
जाडो मौसममा तापक्रम कम भएर चिसो हावा चल्दा स्किनको तैलीय ग्रन्थिले चिल्लो पदार्थको उत्पादन कम गर्दछ र छाला सुख्खा हुनेगर्दछ। त्यसैले आज हामी मेकप सगैँ स्किन केयरको बारे केही टिप्सहरू बताउनेछौं
स्किन केयर
चिसो हावामा बढी हिँडडुल गर्दा, तातो घाममा बस्दा, कोठामा हिटर प्रयोग गर्दा वा एसीमा बस्दा मोइस्चर लगाएता पनि छालालाई सुख्खा बनाइदिन्छ। त्यसैले यस्तो अवस्था धेरै दिन कायम रहेमा छालामा पातलो लाइन वा रेसा जस्तो देखा पर्ने हुन्छ जसले गर्दा पछि गएर स्थायी रूप लिईन्छ।
त्यसैले स्किनको चमक हराएर जान्छ। यस्तो प्रसाधन दिउँसो पनि लगाउनुपर्ने भएकाले डे क्रिममा एसपीएफयुक्त प्रसाधन प्रयोग गरी स्किन टोन अनुरूपको एसपीएफयुक्त फेस पाउडर लगाउनुपर्छ जसले गर्दा सूर्यको नकारात्मक किरणबाट जोगिन सकिन्छ।
जाडोमा स्किनलाई तातोपानी, साबुन वा फेसवास प्रयोग गरे छालाको चिल्लो निस्किएर त्यसको नरमपन उड्छ अनि छाला सुख्खा हुने, मृतकोष देखापर्ने एवं फुट्ने समस्याले सताउन थाल्छ। जाडोमा स्पा लिँदा शरीरको सबै फोहोरहरु हट्छ र स्किनमा जम्मा भएको तेल जती बाहिर निस्कन्छ।
छालालाई समय–समयमा स्क्रब गर्नु राम्रो हुन्छ। यसो गर्नाले स्किनमा भएका मृत कोषिकाहरू निस्कन्छन् र छाला नरम भएर त्यसमा ग्लो देखापर्न थाल्छ। छालाको पोड्रस खोल्ने भएकाले स्क्रब गरेपछि अनिवार्य फेसप्याक लगाउनुपर्छ। जाडोमा चिसो हावाले हातखुट्टाको छाला फुट्ने र सुख्खा हुन्छ। हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोइस्चराइजर वा लोसन लगाउनुपर्दछ।
मेकअप
स्किन मेन्टेन भएपछि मेकअपको प्लान गर्नुहोस्। जाडोमा मोइस्चराइजर अलि बढी लगाउनुहोस्। मोइस्चराइजर लगाउनुअघि कन्सिलर लगाउन सक्नुहुनेछ। स्किन ओइली छ भने ओइल फ्रि मोइस्चराइजर अनि स्किन ड्राइ छ भने नर्मल मोइस्चराइजर प्रयोग गर्न सक्नुहुनेछ। चिसो मौसममा अल्कोहलरहित स्किन रिप्रेसर प्रयोग गरेपछि मोइस्चराइजर प्रयोग गर्नुहोस्। मेकअप गर्दा अनुहारमा अन्डर आई डार्क सर्कल भए कन्सुलर प्रयोग गर्नुहोस्।
अनुहारमा चायाँ–पोतो भए एल्लो कन्सुलर प्रयोग गर्न सक्नुहुनेछ। नर्मल डेमा मेकअप गर्दा स्किन केयर मोइस्चराइजर, बीबी क्रिम आदि लगाउनु उपयुक्त हुन्छ। यदि पार्टीका लागि हेबी मेकअप गर्ने हो भने वाटर वेस अर्थात् ओइल बेस फाउन्डेसन प्रयोग गर्न सक्नुहुनेछ। आइब्रो करेक्सनमा लाइट ब्राउन, ग्रे, डार्क ब्राउन कलर प्रयोग गर्नु उपयुक्त हुन्छ।
आइमेकअपका लागि क्रिमी आइस्याडोको लाइट साइन आइस्याडो प्रयोग गर्नुका साथै त्यसको रंगमा लाइट पिंक, गोल्डेन, ब्रन्ज, कपर, ब्राउन, लाइट पर्पल आदि विकल्प उपलब्ध हुन्छन्। आइलाइनरमा लिक्विड जेलमा स्केच लाइनर प्रयोग गरेर भोलुम मस्कारा लगाउनुहोस्। आइब्रो हाइलाइट गरेर ब्ल्याक वा ब्राउन गाजल लगाउनुहोस्। ब्लसमा क्रिमी वा म्याट प्रयोग गर्न सक्नुहुनेछ। यो मौसममा लाइट पिंक, पिच ब्लस प्रयोग गरेर ओंठमा लिपिस्टिक लगाई ग्लस प्रयोग गर्नुहोस्।
जाडोको सेडुअल
बिहान– सोप फ्रि वा एलोवेरा, मह आदिको फेसवासले अनुहार धुनुहोस्। त्यसपछि राम्रो स्किन टोनर एप्लाइ गर्नुहोस्, स्किन टोनर लगाइसकेपछि हाइमोइस्चरयुक्त मोइस्चराइजर लगाउनुहोस्। सनब्लकमा भएको मोइस्चराइजर चिसो मौषममा स्किनलाई आवश्यकता अनुरूप पर्याप्त नहुने भएकाले छुट्टै मोइस्चराइजर प्रयोग गनुहोस्। मोइस्चराइजर लगाएपछि माथिबाट सनब्लक प्रयोग गर्नुहोस्। ओंठको स्याहारका लागि राम्रो ब्रान्डको लिप वाम लगाउनुका साथै मोइस्चराइजरयुक्त लिपिस्टिक लगाउनुहोस्।
बेलुकी– स्किनमा टाँसिएको फोहोर, मेकअप आदि उतार्न तथा छाला सफा गर्न प्रत्येक रात राम्रो क्लिन्जरले छाला सफा गर्नुहोस्। क्लिन्जिङ गरेपछि टोनर र सुत्नुअघि नाइट क्रिम अनिवार्य लगाउनुहोस्। यदि छाला फुटेको छ भने रातिका लागि ग्लिसरिन र कागती मिक्स गरी प्रयोग गर्दा छाला चाँडै रिकभर हुनुका साथै नरम हुने गर्दछ।
जाडोमा वडी केयर– अल्कोहलयुक्त वा ड्राइ साबुनले शरीर धुँदा सुख्खापनले शरीर चिलाउने, छाला तन्किएजस्तो असहज महसुस हुने भएकाले मोइस्चराइजरयुक्त साबुन वा सोप फ्रि वडी वासले शरीर धुनुहोस्। शरीर पुछ्नेबित्तिकै मोइस्चराइजरयुक्त वडी लोसन पूरै शरीरमा लगाउनुहोस्। हातखुट्टामा बढी सुख्खापन हुने भएकाले वडी लोसनका साथै कोल्ड क्रिम पनि प्रयोग गर्नुहोस्।
हातखुट्टा चिसो हुँदा पनि सुख्खापन देखापर्ने भएकाले शरीरका साथसाथै हातखुट्टालाई पनि न्यानो राख्नुहोस्। अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता प्याक लगाउनुहोस्। हरेक महिना आफ्नो छालाको प्रकृति तथा उमेरअनुरूप नियमित फेसियल गराउनुहोस्। यसरी जाडो मौषममा स्किन केयर गर्नाले तपाइलाई फाइदा पुया्उछ।