काठमाडौं– शारीरिक परिवर्तन भएसँगै किशोरकिशारीहरुमा यौनप्रति आर्कषण बढ्ने गर्दछ। तर यौनका बिषयमा सहि जानकारी नहुनाले कहिले र कुन समयमा आफुले कुमारित्व गुमाउँदा सही हुन्छ भन्ने धेरै लाई जानकारी नहुन सक्छ।
एक अनुसन्धानका अनुसार किशोर अवस्थामा यौनका विषयमा जानकारी नै नभई करीब ४० प्रतिशत किशोरी र २६ प्रतिशत किशोरले यौन सम्बन्ध राख्ने गर्दछन्। किशोर उमेर भनेको १३ वर्षदेखि १९ बर्षसम्मको उमेर अवधि हो।
जसमा १७ देखि १९ सम्मको उमेरका बिचमा यौन संबन्ध राख्नेको संख्या बढि हुने गर्दछ। तर यौनपछि उनिहरु कमै उमेरमा यौन सम्बन्ध स्थापित हुने गरेको अनुसन्धानले देखाएको छ। किशोर अवस्थामा नै हुने यौन संबन्धमा दुई पार्टनरबीचको सहमतिमा भन्दा पनि दबाबमा बढि रहने गर्दछ। अझ कतिले त कौतुहलताका कारण पनि शारीरीक सम्बन्ध राख्ने गर्दछन्।
भर्जिनिटी गुमाउने सही उमेर कुन हो ?
अध्ययनले देखाएअनुसार कुमारित्व गुमाउने सही उमेर भनेको १९ बर्षको उमेर हो। यस उमेरमा शरीरका सम्पुर्ण अंगहरु विकाश भई सकेका हुन्छन्। जसले यौनका बेला तपाईलाई मानसिक र शारीरीक दुबैमा साथ दिन्छ। तर केहीमा भने शारीरीक विकाश ढिलो हुने भएकाले २० बर्षपछिको उमेरमा राखिने शारीरिक सम्पर्क एकदमै सही मानिन्छ। पहिलो पटक शारीरीक सम्बन्ध राख्ने चाहानामा हुनुहुन्छ भने यी कुरामा विषेश ध्यान पुया्उनुहोस्।
– शारीरीक सम्बन्ध राख्नु अघि सबैभन्दा विषेश ध्यान दिनुपर्ने कुरा तपाई रोगको खतरा र गर्भ नरहोस् भन्नका लागी कण्डम प्रयोग गर्नुपर्दछ। तपाईसँग शारीरीक सम्बन्ध राख्ने पार्टनरको स्वास्थ्य कस्तो छ पहिले यसबारे चासो राख्नुहोस्। यसले तपाईको सेक्स पार्टनरबाट सर्ने रोगको खतराबाट बचाउन मद्दत गर्छ।
– शारीरीक सम्बन्ध राख्नु अघि तपाई र पार्टनर बिचको सम्बन्ध प्रेम हो वा यौन इच्छा पूरा गर्ने मात्र हो त्यसबारे आफू जानकार हुनुहोस्। तपाईले शारीरीक सम्बन्ध राख्दै गर्दा पीडावोध हुनुहुँदैन। यदि तपाई पार्टनरलाई खुशी पार्नका लागी मात्र शारीरीक सम्बन्धका लागी राजी हुनुभएको हो भने यसले तपाई मानसिक असर देखापर्छ। त्यसैले सकेसम्म आफू पुर्ण तयारी नभई यौन प्रस्ताव नस्विकार्नु होस्। बीबीसी