काठमाडौँ, १८ माघ – अामरण अनशनमा बसिरहेका प्रा.डा. गोविन्द केसीलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले भेटेका छन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका डा. यादवले चिकित्सा शिक्षा अभियन्ता डा. केसीलाई सत्याग्रह जारी राखेर आमरण अनशन तोड्न आग्रह गरेका छन्।
पूर्व राष्ट्रपति यादवले केसीको योगदान स्मरण गर्दै उनको जीवन रक्षा गर्न आवश्यक रहेको बताएका छन्।
यादवले जतिसक्दो चाँडो समस्या समाधानको उपाय खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।