काठमाडौं – जाडाे शुरू भएसँगै आजभाेलीकाे चिसाे बढ्दै गइरहेकाे छ। जसका कारण धेरै मानिसहरूमा उच्च रक्त चापकाे जाेखीम बढ्ने गर्दछ त्यसैले हरेक व्यक्तिले आफ्नाे स्वास्थ्यमा धेरै ध्यान पुर्याउनु पर्ने हुन्छ। चिसो मौसममा रक्तचापको समस्या बढि हुने हुँदा सचेत रहन मुटुरोग विशेषज्ञले आग्रह गरेका छन्।
चिसो मौसममा मुटुकोे धड्कन छिटो चल्दछ र शरीरको तापक्रम घट्न थाल्छ। यस्तो अवस्थामा मुटुको धड्कन छिटो चल्नुपर्ने हुन्छ। तापक्रम उत्पादनका लागि छिटोछिटो चल्दा मुटुमा दबाब पर्दछ। यो अबस्थामा हर्ट फेलियर निम्तिन सक्छ।
जाडो मौसममा मुटुका रक्तनलीहरु खुम्चिन सक्छन्। यस्तो अवस्थामा हृदयाघातसमेत हुने बताइएकाे छ। योे मौसममा रगत जम्ने प्रक्रियामा पनि वृद्धि हुन्छ। यसले पनि हृदयाघातको सम्भावना बढाउँछ।
टाउको, घाँटी, छाती, हात र खुट्टाबाट चिसो शरीरभित्र प्रवेश गर्ने हुँदा टोपी, गलबन्दी वा पछ्यौरी लगाउँदा स्वास्थ्यकाे लागि राम्राे हुन्छ। त्यसैगरी बालबालिकालाई चिसाेबाट बचाउन भोटो लगाइदिनु पर्छ। जसले गर्दा शरीरभित्रको तापक्रम यथावत् नै रहन्छ।
कोठाको तापक्रम पनि तातो बनाइराख्नुका साथसाथै कोठामा हिटर वा आगो रातभरि बाल्न नहुने र चिसो वातावरणमा निस्कँदा ख्याल गर्नु पर्ने बताइएकाे छ।