काठमाडौं– जाडो मौषममा छालाहरू फुस्रो हुने हुँदा अनुहार, हातखुट्टा तथा ओठ एकदम फुट्ने गर्छ। छाला फुट्नबाट बचाउनका लागि हामी अनेकौं क्रिमको प्रयोग गर्दछौं।
अधिकांश मानिसहरूले जाडोमा भ्यासलिनको प्रयोग गरिरहेका हुन्छन्। भ्यासलिनले फुस्रो भएको छाला फुट्नबाट बचाउनुका साथै अन्य धेरै फाइदाहरू पुया्उने गर्छ। सुक्खा, फुस्रो छालामा भ्यासलिनको प्रयोगले छालालाई नरम र चिल्लो राख्न मद्दत गर्छ। ओठ फुट्ने व्यक्तिहरूले बारम्बार भ्यासलिनको प्रयोग गरेमा ओठ फुट्ने समस्या हटाउनुका साथै ओठ कालो हुने समस्या पनि हराएर जान्छ।
कुर्कुच्चा फुट्ने समस्या भएका व्यक्तिहरूले हरेक राति सुत्ने बेलामा आफ्नो खुट्टालाई धोएर सफा पारी भ्यासलिनको नियमित प्रयोग गरेमा कुर्कुच्चा फुट्ने समस्या केही दिनमै समाधान हुने गर्छ। भ्यासलिनले नङलाई पनि बलियो बनाउन मद्दत गर्छ। नङ नबढ्ने समस्या भएका मानिसहरूको लागि नङ बढाउने सरल उपाय पनि हो।
खाना पकाएको समयमा वा आगोमा गरिने अन्य काममा हात तथा शरीरमा सामान्य पोलेमा तथा सानो चोटपटक लागेमा भ्यासलिनको प्रयोगले निको पार्छ।
हरेक दिन भ्यासलिनको प्रयोगले नङ बढाउनुका साथै नङलाई बलियो पनि बनाउँछ। राति सुत्नुअगाडि आँखीभौं र परेलामा भ्यासलिन लगाएर सुतेमा यसले आँखीभौं र परेलालाई पनि बाक्लो बनाउन मद्दत गर्छ। कपालमा हाँगा फाट्ने समस्या छ भने भ्यासलिनको प्रयोगले केही हदसम्म कपालमा आएको हाँगालाई घटाउन सक्छ। साथै, कपाललाई नरम र सिल्की पनि बनाउने गर्छ।