काठमाडौं– औषधी तथा खोपहरु सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएता पनि डब्लुएचओबाट पारित नभएको बताएका छन्।
शिक्षा तथा स्वास्थ्य समिति, संघीय संसद प्रतिनिधिसभा अन्तर्गत आजको बैठकमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका हुन्।
स्थानीय तहमा भ्याक्सिनहरु र्पुयाउँदा उनले अधिकांश टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको समेत बताए।
जयपुरी घर्ती समिति सभापतिले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवस्यक रहेको हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन्।
छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परीक्षणका लागि नभएको दाबी गरेका छन्। उनीहरुले प्रचलित खोपहरु अन्य मुलुकमा र नेपालमा पनि प्रयोग गरिएको बताएका हुन्।
तस्विर एभिन्युज बाट साभार